Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सजिलो सहकारीले कार्यक्षेत्र र सेवा क्षेत्र बिस्तार गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सजिलो सहकारीले कार्यक्षेत्र र सेवा क्षेत्र बिस्तार गर्ने

संसारपोस्ट संवाददाता · २० मंसिर २०७७ · 0
सजिलो सहकारीले कार्यक्षेत्र र सेवा क्षेत्र बिस्तार गर्ने
80
SHARES
ShareTweet

बुटवल, २० मंसिर । सजिलो वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ९ कालिकानगरको १२ औं साधारण सभाले कार्यक्षेत्र र सेवा केन्द्र विस्तार गर्ने प्रस्ताव पारित गरेको छ । शनिवार सम्पन्न साधारण सभाले सहकारीको कार्यक्षेत्र रुपन्देही जिल्ला भर र बुटवल १७ मा सेवा केन्द्र विस्तार गर्ने प्रस्ताव पारित गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९) महामारीको कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मंसीर ३ गतेदेखि शुरु गरिएको प्रतिवेदनमाथिको सुझाव संकलन कार्यक्रम पश्चात शनिवार भएको साधारण सभाले संकलित सुझाव र सहकारीलाई आगामी दिनमा सबल, सक्षम र प्रतिस्पर्धी गराउँदै अगाडि बढाउने दीर्घकालिन लक्ष्य सहितका भावी योजना अगाडि सारेको छ ।
कार्यक्रममा सहकारीले गरिरहेका गतिविधि, योजना र भावी दिनमा गर्नुपर्ने योजनालाई समेटिएको प्रतिवेदन अध्यक्ष रामराज पोख्रेलले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता र सचिव गुणानिधी खनालको संचालनमा भएको साधारण सभामा कोषाध्यक्ष अनिलराज शाक्यले आर्थिक प्रतिवदन, लेखा समिति संयोजक विनसलाल श्रेष्ठले लेखा प्रतिवेदन, ऋण तथा असुली उप समिति संयोजक भिमलाल गौतमले ऋण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवदेनमाथि पूर्व अध्यक्षहरु अमरबहादुर खड्का, योगेन्द्रमणि तुलाधर, सल्लाहकार ठाकुर खड्का, शिक्षा समिति संयोजक यमबहादुर अर्याल लागायतले सुझावहरू राख्नु भएको थियो ।

≪ Previous Post

रुपन्देहीमा स्रोत नखुलेको चौबिस लाख रुपैयांसहित प्रमोद कुमार गुप्ता पक्राउ

Next Post ≫

होटल व्यवस्थापन तालिम लिनेहरु बेरोजगार हुनुपर्दैन : मैनाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क