Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनैपर्छ ः देवेन्द्र पौडेल
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनैपर्छ ः देवेन्द्र पौडेल

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 1
सरकार र पार्टीमा आलोपालोको सहमति पालना हुनैपर्छ ः देवेन्द्र पौडेल
100
SHARES
ShareTweet

बुटवल ४ साउन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुइ दलबिचको एकताका बेला शिर्ष नेता बिच भएको सहमती अनुसार पार्टी र सरकारमा आलोपालो हुनु पर्ने बताउनु भएको छ ।
उहाँले दुइ दलबिचको एकताका बेला शिर्ष नेता बिच भएकोे ५ बुदें सहमति कार्यान्वयन जरुरी रहेको औल्याउनु भयो ।
नेता पौडेलल सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुनेगरि तत्कालिन एमाले र तत्कालिन एकिकृत माओबादीका केन्द्रिय नेताबिच पांचबुदे सहमति भएकै हो,सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन ,सोहि सहमतिलाइ आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो ।
शनिवार रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा नेता पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभैसकेको दोहोर्याउनु भयो ।
सरकार विवादमा फसेको स्वीकार्दै उहाँले निर्मला काण्ड,बिधेयक ल्याउने फिर्ता गर्ने,गुठी बिधेयकका सवाल,बिषादी प्रकरणमा सरकारले परिपक्व नदेखिएको बताउनु भयो ।
सुशासनका बिषयमा सरकार कमजोर भएको हो,दुखको कुरा यस्ता कुरा आउनु हुन्थेन,तर काम र प्रकृया भने आरम्भ भएको छ उहाँको कथन थियोे ।
प्रचण्ड निकटका नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको बताउनु भयो । सरकार कहाँ छ भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले बिषादीमा प्रधानमन्त्रीले माफि माग्नुभएकै छ,मन्त्रालयका सचिबका बिचको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको हो,मन्त्रालयको अपरिपक्ता देखियो,सरकारले गतिबिधी गरिरहेको तर देखिनेगरी रिजल्ट नदेखिएको उहाँको दावि थियो ।
पार्टीले प्रभावकारी रुपमा काम गर्ने र अर्को चाहिं सरकारबाट जनताका भावनाहरु सम्बोधन हुनेगरि सरकारलाई गतिशिल बनाउन मन्त्रि पनि फेर्नुपर्नेमा जोड दिनु भयो ।
फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल बिधेयक संसोधन गर्ने तयारी भैरहेको बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति फोरिएको प्रश्नको जवाफमा पौडेलले भने—‘यो अपराधजन्य गतिबिधि हो,बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो,प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ ।
रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गनु भएको थियो ।

≪ Previous Post

आजको राशिफल ( २०७६ साउन ४ गते शनिवार )

Next Post ≫

लोक सेवाको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा बिरोध प्रर्दशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क