बुटवल १७ कार्तिक
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ८ बिश्वकर्मा मन्दिर नजिकै लुम्बिनी भैरहवा सडक खण्डमा टिप्परको ठक्करवाट वालकको ज्यान गएको छ ।
सोमवार लुम्बिनी बाट भैरहवा तर्फ आउदै गरेको लु १ क ११७४ नं को टिप्पर ले पैदल यात्री स्थानिय सुग्रिम हरिजनको छोरा बर्ष ८ को रघुबिर हरिजनलाई ठक्कर दिँदा निजको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिन टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी काार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।
त्यस्तै गरि रुपन्देही प्रहरीले भन्सार छली,चोरी,पैठारी,निकासी गरी अवैध रूपमा ओसारपोसार गर्दै गरेको मोटरपार्टसका विभिन्न सामान गरि ८ लाख ४६हजार र मटर २७ बोरा, धान ७ बोरा, प्याज ११ बोरा, साईकल ७ थान गरी जम्मा मुल्य ८३ हजार ५सय,कुर्ता सुरुवाल २० पिस, जुत्ता साना ठुला, २५ जोर, काजु ७२५ के.जी.,पानी पुरी ४८ के.जी, जम्मा मुल्य ३४हजार ७५ गरी कुल ९लाख ६३हजार ५७५ रकम बराबारको सामान बरामद गरि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।
