Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन
90
SHARES
ShareTweet

बुटवल ३ साउन
प्रदेश पाँचमा सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार काम गर्न सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ३७ प्रतिशत बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले पत्रकार सम्मेलन गरि सरकारले हासिल गरेको कार्य प्रगतिका बारेमा जानकारी गराएको हो । गत आर्थिक वर्षकालागि प्रदेश सरकारले बिनियोजन गरेको कुल बजेट २७ अर्व १६ करोड १७ लाख मध्ये १७ अर्ब १४ करोड ८४ लाख रुपैंया खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख लेखा नियन्त्रक दिपक ज्ञवालीले जानकारी गराउनु भयो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार सरकारले चालु तर्फ ६ अर्ब ८७ करोड ७१ लाख रुपैंया खर्च गरेको छ भने पुँजीगत तर्फ १० अर्ब २७ करोड १३ लाख रुपैंयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा सरकारले चालु तर्फ ९ अर्व ८२ करोड ६८ लाख र पुँजीगत तर्फ १७ अर्व ३३ करोड ४९ लाख रुपैंया विनियोजन गरेको थियो । जसमा चालु तर्फ ७० प्रतिशत, पुँजीगत तर्फ ५९ प्रतिशत र कुल बजेटको ६३ प्रतिशत बित्तिय प्रगति भएको प्रमुख प्रदेश लेखा नियन्त्रक ज्ञवालीले बताउनु भयो । उहाँले प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको अनुदान चालु खर्चका रुपमा लिईएको र समानीकरण बाहेक अन्य अनुदानको खर्च नभए बाँकी रहेको रकम फिर्ता हुने सम्भावना रहेकाले यो तथ्याँकमा केही घटबढ हुन सक्ने उल्लेख गर्नुभयो ।

≪ Previous Post

बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता

Next Post ≫

काँग्रेस रुपन्देहीद्धारा भिसिटिएसको बिरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क