Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0
बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता
100
SHARES
ShareTweet

बुटवल,३ साउन

यहि साउनको ८ गतेदेखि बुटवलमा जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र तथा छात्रा नकआउट फूटवल प्रतियोगिता हुने भएको छ । जिल्ला फूटवल संघ रुपन्देहीको आयोजनामा हुन लागेको प्रतियोगितामा करिव जिल्ला भरका ४० बिद्यालय सहभागि हुने अनुमान गरिएको छ ।

“क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६” मा छात्र तर्फ जिल्लाको विजेतालाई ३० हजार उपविजेतालाई १५ हजार तथा छात्रा तर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैंया नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक तथा जिल्ला फूटवल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट गोलकिप्पर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र हाईस्कोररलाई जनही नगद २ हजार प्रदान गरिने छ भने छात्रा तर्फ उत्कृष्ट खेलाडी र ५ गोल भन्दा बढी स्कोर गर्नेलाई जनही नगद २ हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । जिल्लामा विजेता हुने टिम प्रदेश हुँदै केन्द्रमा प्रतिस्पर्धा गर्न पाउने छ । प्रदेशमा पनि विजयी भएको टिम राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने उहाँले बताउनु भयो । केन्द्रमा बिजयी हुने टिमले ३ लाख रुपैंया नगद सहित पुरस्कार प्राप्त गर्ने उहाँले बताउनु भयो ।

≪ Previous Post

तरकारीको मूल्य अनियन्त्रित भएसँगै कालीमाटी र बल्खुमा अनुगमन

Next Post ≫

प्रदेश पाँचमा कुल बजेटको ३७ प्रतिशत खर्च हुन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क