बुटवल १७ असोज
प्रदेश नंम्बर. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले अन्दोलनका कायक्रम घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ,धर्ना, मसाल जुलुस लगायतका बिरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
काँग्रेसले आइतबार रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने भएको छ । आईतवार विहान ६ वजेदेखि साँझ ६ वजेसम्म बन्द गरिने भएको छ । १९ गतेसोमवार बुटवल जाँउ राजधानी जोगाँउ भन्ने नारा सहित प्रदेश सभा भवन घेराउ गरिने काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो । १९ गते सांसदहरुलाइ संसद भवन प्रवेसै गर्न नदिने गरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना र घेराउको कार्यक्रम गरिने सभापति रज्जाकले बताउनु भयो ।
राजधानी दाङ सार्ने निर्णयका बिरुद्ध शनिवार जिल्लाका सबै स्थानीय तहका वडा वडामा राके जुलुस प्रदर्शन गर्ने तयारी भइरहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो । बुटवलको राजमार्ग चौराह देखि महेन्द्र पार्क सम्मै राके जुलुस निकाल्नुका साथै बुटवल नगरका सबै वडा चोक चौराहमा प्रदर्शन गर्दैछ ।
देवदहको भलुही,खरेनी,तिलोत्तमाका मणिग्राम,भलवारी, भैरहवाको देवकोटा चोक,सैनामैना, रोहीणीको धकधही,मायादेविको बनगाइ चोक,लुम्बिनीको पर्साचोक, मर्चवारको मझगावा लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी काँग्रेसले गरेको छ ।
सरकारले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन । तर नेपाली काँग्रेस रुपन्देहीले भने सुरु देखि नै जनसंख्या, पुर्वाधार लगायतका हरेक दृष्टिकोणले रुपन्देही नै स्थायी राजधानीकालागि उपयुक्त भएको भन्दै बुटवलबाट राजधानी सार्न नदिने अडानमा छ । नामको सम्बन्धमा भने कुनै बिबाद छैन ।
