Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0
प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान
150
SHARES
ShareTweet

बुटवल १७ असोज
प्रदेश नंम्बर. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले अन्दोलनका कायक्रम घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ,धर्ना, मसाल जुलुस लगायतका बिरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
काँग्रेसले आइतबार रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने भएको छ । आईतवार विहान ६ वजेदेखि साँझ ६ वजेसम्म बन्द गरिने भएको छ । १९ गतेसोमवार बुटवल जाँउ राजधानी जोगाँउ भन्ने नारा सहित प्रदेश सभा भवन घेराउ गरिने काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो । १९ गते सांसदहरुलाइ संसद भवन प्रवेसै गर्न नदिने गरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना र घेराउको कार्यक्रम गरिने सभापति रज्जाकले बताउनु भयो ।
राजधानी दाङ सार्ने निर्णयका बिरुद्ध शनिवार जिल्लाका सबै स्थानीय तहका वडा वडामा राके जुलुस प्रदर्शन गर्ने तयारी भइरहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो । बुटवलको राजमार्ग चौराह देखि महेन्द्र पार्क सम्मै राके जुलुस निकाल्नुका साथै बुटवल नगरका सबै वडा चोक चौराहमा प्रदर्शन गर्दैछ ।
देवदहको भलुही,खरेनी,तिलोत्तमाका मणिग्राम,भलवारी, भैरहवाको देवकोटा चोक,सैनामैना, रोहीणीको धकधही,मायादेविको बनगाइ चोक,लुम्बिनीको पर्साचोक, मर्चवारको मझगावा लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी काँग्रेसले गरेको छ ।
सरकारले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन । तर नेपाली काँग्रेस रुपन्देहीले भने सुरु देखि नै जनसंख्या, पुर्वाधार लगायतका हरेक दृष्टिकोणले रुपन्देही नै स्थायी राजधानीकालागि उपयुक्त भएको भन्दै बुटवलबाट राजधानी सार्न नदिने अडानमा छ । नामको सम्बन्धमा भने कुनै बिबाद छैन ।

≪ Previous Post

राजधानी अन्यत्र लैजाने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उवासंघको चेतावनी

Next Post ≫

नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क