Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राजधानी अन्यत्र लैजाने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उवासंघको चेतावनी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजधानी अन्यत्र लैजाने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उवासंघको चेतावनी

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७७ · 0
राजधानी अन्यत्र लैजाने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उवासंघको चेतावनी
120
SHARES
ShareTweet

बुटवल, १७ असोज
प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङ् लैजान प्रस्ताव गरेपछि त्यसको सर्वत्र बिरोध भएको छ । सरकारले प्रदेशको अस्थायी मुकाम बुटवल तोकेपछि प्रदेश सभा सञ्चालनका लागि आफ्नो सम्पूर्ण भवन प्रदान गरेको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले गम्भिर आपत्ती जनाएको छ । संघको शनिबार बुटवलमा बसेको बैठकले प्रदेश सरकारको उक्त निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजधानीका लागि रुपन्देहीको विकल्प नभएको पनि उल्लेख गरेको छ ।संघले जारी गरेको बिज्ञप्तीमा उक्त निर्णय तत्काल फिर्ता लिनको लागि सरकारसंग आग्रह गर्दै उक्त प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
प्रदेशको राजधानीका लागि भौतिकपूर्वाधार तथा स्रोत साधनको उपलब्धता, भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, यातायातको सुगमता, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका कारणले प्रदेशको राजधानी रुपन्देही नै उपयुक्त रहेको समेत उल्लेख गरिएको छ । ‘प्रदेश भूगोल मात्रै हाईन । प्रदेश भित्र रहने बहुसंख्यक जनताको हित र सेवा प्रवाहमा हुने सुविधा, भौतिक पूर्वाधार र साधन स्रोतको उपलब्धता र उच्चतम उपयोग बुझ्नु पर्दछ ।’ विज्ञप्तीमा भनिएको छ–‘प्रदेशको मुकाम कायम हुँदा रुपन्देहीबासी र यहाँका निजी क्षेत्रले निर्वाह गरेको भूमिकालाई भूलेर सरकारले समेत घुमाउरो बाटोबाट प्रदेश राजधानी अन्यत्रै लैजाने प्रदेश सरकारको निर्णय प्रति संघको गम्भिर आपत्ती छ ।’
सरकारले प्रदेश सभामा प्रस्तुत गरेको उक्त प्रस्ताव फिर्ता गर्न आग्रह गर्दै संघको बिनम्र आग्रहलाई कमजोरी ठानेमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिईएको छ । ‘राजधानी भौगोलिक रुपमा केन्द्र बिन्दुमा भन्दापनि सबैलाई पायक पर्ने ठाउँमाहुनुपर्दछ भन्ने हाम्रो भनाई हो ।’ बिज्ञप्तीमा भनिएको छ–‘सरकारले बहुसंख्यक जनताको भावनाको कदर गर्नेछ भन्ने हामीले विश्वास समेत लिएकाछौं ।’
त्यस्तैगरी संघले उठान गरेको विषयमा साथ दिनका लागि उद्योगी व्यबसायी तथा राजनीतिक दलहरुलाई आग्रह गर्दै पार्टी निर्णयभन्दा माथि उठेर बहुसंख्यक जनताको भावना अनुसार रुपन्देहीमै राजधानी हुनुपर्ने बिषयमा अडान राख्न समेत प्रदेश सभा सदस्यहरुसंग अनुरोध गरिएको छ ।

≪ Previous Post

नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

Next Post ≫

प्रदेशको राजधानी सार्ने निर्णय बिरुद्ध काँग्रेसद्धारा आईतबार रुपन्देही बन्द, संसद भवन घेराउ र धर्ना आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क