कञ्चन १६ असोज
ईलाका प्रहरी कार्यालय,रुद्रपुर रुपन्देहीको कार्यालय प्रमुखको रुपमा आउनु भएका देवेन्द्र कुमार मल्ललाई स्थानिय जनप्रतिनीधि,संघसंस्थाका प्रतिनीधि र सरोकारवालाहरुले एक कार्यक्रम गरी स्वागत गरेका छन ।
प्रहरी निरीक्षक मल्लले स्वागत कार्यक्रममा बोल्दै कञ्चनमा भएको बढ्दो लागु औषध दुरुपयोग र काठ तस्करको न्युनिकरणका लागि स्थानिय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा कृयाशिल हुने र कञ्चनको शान्ती सुरक्षालाई चुस्त राख्नमा आफु सदैव प्रतिबद्ध हुने बताउनु भयो ।
मिश्रित बस्ती भएको ठाउमा बिकासको गति बढ्ने तर शान्ती सुरक्षाका दृष्टिले चुनौतीपुर्ण हुने भएकोले कञ्चनलाई सुरक्षाका हिसावले जोखिमयुक्त ठाउको रुपमा हेरिएको बताउदै कार्यलय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक मल्लले सबै पक्षको समन्व र सहकार्य भएको अवस्थामा जस्तो सुकै कृयाकलापहरुको न्युनिकरण र नियन्त्रण हुने कुरामा बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा हुने गैर कानुनी कृयाकलापहरुको निराकरणको लागि कञ्चनवासीवाट सदैव सहयोग हुदै आइरहेको जानकारी गराउनु भएको छ।अध्यक्ष क्षेत्रीले कञ्चनको मुख्य समस्या युवाहरुमा लागुऔषध दुरुपयोग,कारोवार,अवैध काठ तस्कर जस्ता कृयाकलाप भएकोले ती कृयाकलापहरुको अन्त्य गर्न नसकेपनि न्युनिकरण गर्नमा नव आगन्तुक प्रहरी निरीक्षक मल्लको नेतृत्वमा रहेको सुरक्षा प्रशासनको महत्वपुर्ण भुमिका रहने बिश्वास ब्यक्त गर्दै अवैध कृयाकलाप हुने र हुन सक्ने क्षेत्रहरुको पहिचान गरी कडाईका साथ सुरक्षा गस्ती बढाउनु पर्नेमा सुझाव दिनु भएको छ ।
कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुद्रपुर खानेपानी उभपोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले ,कदम नेपाल,रुपन्देहीका सदस्य संचारकर्मी तथा कञ्चन महिला उधमी कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे ,वडा नं. १ का वडा अध्यक्ष हरि नारायण चौधरी,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष भरतमणी सापकोटा,नेपाली कांग्रेसका सभापति यम बहादुर क्षेत्री,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,कार्यपालिका सदस्य गिर बहादुर बिश्वकर्मा,लक्ष्मीदेबी दर्जी,रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.पुर्व वडा अध्यक्ष गिर बहादुर थापा,जनआस्था पृथ्वी कलवका अध्यक्ष उदय आले,लायन्स कलव अफ कञ्चन हरैयका प्रतिनीधि किरण के.सी.,एकता युवा क्लवका अध्यक्ष कुमार थापा,थकालीचौक टोल बिकास संस्थाका अध्यक्ष नन्द बहादुर खडकाथोकी, जन समाजवादी पार्टीका कृष्ण प्रसाद उपाध्याय,पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूहका संस्थापक अध्यक्ष गौरा थापा लगायतले नव आगन्तुक प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लको सुरक्षा नेतृत्वले कञ्चनको शान्ती सरक्षा,अबैध काठ तस्कर,लागु औषध दुरुपयोग,चोरी डकैती र अबैध कृयाकलापहरुको नियन्त्रण तथा न्युनिकरणमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।