Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0
प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध
180
SHARES
ShareTweet

बुटवल १६ असोज
प्रदेश ५ को सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने गरि प्रदेश सभामा शुक्रवार प्रस्ताव पेस गरेको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय गरि प्रदेश सभामा प्रदेशको राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गाउँपालिका गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश ५को नाम भने लुम्बिनी राख्ने गरि आन्त्तरिक मार्मीला तथा कानुन मन्त्री कूल प्रसाद केसीले प्रदेश सभामा प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर प्रदेश राजधानी बनाउने निर्णय गरेको प्रदेश ५ सरकार प्रवक्ता वैजनाथ चौधरीले बताउनु भयो । प्रदेश सभामा आन्त्तरिक मार्मीला तथा कानुन मन्त्री कूल प्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभामा पेस गरि लवीमा झर्न नपाउदै नेपाली काँग्रेसका सभासदहरुले कडा विरोध जनाएका थिए । उनिहरुले श्क्रवारको प्रदेश सभाको बैठकको कार्यसूचिमै नभएको विषयलाई कसरी एका एक ल्याईयो भन्दै विरोध जनाएका थिए । सभामा नेपाली काग्रेसकी रमा अर्याल, फकुरिदीन खाँन र वैजनाथ कलवारले आपत्ति जनाउनु भएको थियो ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरि कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने र यस अघि १० करोड रुपैंया राखेर कोष स्थापना गरिएको पनि निर्णय गरेको छ ।
मन्त्री परिषद बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यस वर्ष पनि दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।

≪ Previous Post

नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Next Post ≫

प्रदेशको राजधानी दाङको भालुवाङ लैजाने विषयले बुटवलमा तनाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क