Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप
100
SHARES
ShareTweet

बुटवल, ७ असौज
नेपाली कांग्रेस बुटवल वार्ड नं ११ वडा समितिले महत्वपुर्ण विकास निमार्ण र योजनाहरु अघि बढाउदा आफुहरुलाई वेवास्ता गरेको भन्दै कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । वडामा दिर्घकालिन अर्थ राख्ने योजना र कार्यक्रम संचालन गर्दा प्रतिपक्षीदललाई वेवास्ता गर्नु लोकतन्त्र विरोधी कार्य भएको जनाएको छ ।
विकास निमार्ण देखि हरेक कुराहरुमा सहयोग र सहकार्य गर्दै जादा पनि वेवास्ता गरिनुले हरेक गतिविधिहरुमाथी शंका पैदा गरेको कांग्रेसको ठहर रहेको छ । बुधबार बुटवलको वार्ड नं ११ का अध्यक्ष रामचन्द्र क्षत्रीलाई ज्ञापनपत्र बुझाउदै कांग्रेसले तत्काल यस्ता क्रियाकलाप सुधार गर्न चेतावनी दिएको हो ।
कोरोना भइरसले नागकिरहरु आक्रान्त भएको समयमा पनि पीसीआर गर्ने देखि अन्य पुर्वाधार निमार्णमा वडा कार्यालय गम्भिर नभएको गुनासो कांग्रेसले गरेको छ ।
वडा अध्यक्ष चित्र वहादुर वर्माको नेतृत्वमा गएको वडा कार्यालयमा पुगेर ७ वुद्धे ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य काजिमान श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र न २ को प्रदेश समितिका सहसचिव नेत्र भट्टराई,वडा अध्यक्षका प्रत्यासी सावित्रा टण्डन,जित वहादुर मल्ल, कुल वहादुर केसी,उपसभापति कृष्ण वहादुर जिसी सचिव दुर्गा वहादुर खत्री, अर्जुन वहादुर कुवंर लगायत सहभागिता रहेको थियो ।
ज्ञापन पत्रमा वडा कार्यालयमा भैरहेको अब्यवस्तित बस्ती तथा सार्वजनिक क्षेत्रको जग्गा नाप जांचको उद्देश्य प्रष्ट नभएको तथा त्यस्ता वस्तीहरुको दर्ता गर्दा लाग्ने शुल्क महंगो भएको लगायतका कुरा उल्लेख गरिएको छ । जग्गा नाप जांच गर्दा पुर्वाग्रह देखिन थालेकोले प्रतिपक्षी तथा अन्य दलहरुलाई पनि साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ । त्यसैगरि विकास निमार्णको काम लथालिङ भएको, जनता आवास कार्यक्रम लागु गर्दा त्यसको मापदण्ड स्पष्ट नपारिएको, सार्वजनिक जग्गा मनोमानी वितरण गरिएको लगायतको कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउदै वडा सभापति बर्मा विपक्षी दलसंग सहकार्य नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गर्नु भयो ।
ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष क्षत्रीले आफ्नो निकाय बाट हुने र सम्भव भएका कुरा तुरुन्त सच्याउने र अव का कार्यक्रममा विपक्षी दलसंग सहकार्य गर्ने बताउनु भयो ।

≪ Previous Post

मिडियाका समस्यासमाधान गर्न ‘मिडिया एलाईन्स नेपाल गठन

Next Post ≫

मुलुकभर थप एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क