Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कम्युनिष्ट सरकारबाटै लोकतन्त्रमाथि खतरा : नेता शाह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्युनिष्ट सरकारबाटै लोकतन्त्रमाथि खतरा : नेता शाह

संसारपोस्ट संवाददाता · १ आश्विन २०७७ · 0
कम्युनिष्ट सरकारबाटै लोकतन्त्रमाथि खतरा : नेता शाह
70
SHARES
ShareTweet

बुटवल, १ असोज । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले दुई तिहाईको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको बताउनु भएको छ ।
सत्तामा आएदेखि नै भ्रष्टाचारमा लिप्त रहेको ओली सरकारले कोरोना महामारीका बेला समेत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनु भयो । भ्रष्टाचारी संरक्षण गर्ने सरकारबाट जनताको हित हुन नसक्ने भन्दै नेता शाहले जनहितका मुद्दामा काँग्रेस सडकमा उत्रन तयार रहेको बताउनु भयो ।
नेपाली काँग्रेसमा प्रवेश गरेका रुपन्देहीका नेकपा तथा विप्लव माओवादीका नेता कार्यकर्तालाई नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा स्वागत तथा पार्टी प्रवेश गराउंदै नेता शाहले दुई तिहाईको सरकारले जनताको अभिभावकत्व बहन गर्न नसकेकाले काँग्रेस सरकारका विरुद्ध सदन देखि सडक सम्म उत्रने बताउनु भयो । कम्युष्टि सरकारबाटै लोकतन्त्रमाथि खतरा रहेको औल्याउदै उहाँले लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गर्नुभयो ।
कम्युनिष्टहरु संग जनता आजित भएको भन्दै नेता शाहले अबको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दावी गर्नु भयो । ओली सरकारले कुलमान घिसिङ जस्ता कर्मठलाइ काम गर्न नदिएको, अदालत जस्तो न्याय क्षेत्रमा राजनीतिक भागबण्डा गरेको र जनताका मौलिक हक कानुन बनाएरै खोस्न खोजेको भन्दै नेता शाहले अधिनायकबादका बिरुद्ध जनता जागरुक हुनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेता शाहले रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका नेकपाका स्थानीय नेता तथा अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको थियो । नेकपा तथा विप्लव माओवादी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका १० जना नेकपाका अगुवा कायर्यकर्तालाई प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह र काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले काँग्रेसको पार्टी सदस्यता प्रदान गर्नु भएको थियो ।
यसरी पार्टी प्रवेश गर्ने हरुमा सैनामैना नगरपालिका ५ नेकपाका वडा उपाध्यक्ष गणेश ज्ञवाली, विप्लव निकट नेकपाका पुर्व दलित मुक्तिमोर्चाका जिल्ला कोषाध्यक्ष तथा हालका सैनामैना नगर सदस्य ज्ञानबहादुर विश्वकर्मा, नगर कमिटि सदस्य चिरञ्जीवी गौतम, इन्द्रमणी पौडेल, ध्रुबराज ज्ञवाली, बलबहादुर बिक, बिष्णु ज्ञवाली, खुमप्रसाद पन्थी, दामोदर गौतम, कमल पौडेल रहेका छन् ।
सो अवसरमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली काँग्रेसलाइ मतदान गर्न जनता आतुर रहेको बताउंदै नेपाली काँग्रेसले मात्र सबैको भावना र विचारको प्रतिनिधित्व गर्ने बताउनु भयो ।
नेकपा वाट नेपाली काँग्रेसमा प्रवेश गरेका गणेश ज्ञवालीले जनताले दुई तिहाई बहुमत दिएको कम्युनिष्ट सरकारले जनहितमा काम गर्नुको साटो भ्रष्टाचारमा डुब्दै गएको र अधिनायकबादी बन्दै गएकाले नेकपा परित्याग गरी लोकतान्त्रिक पद्दतिकालागि नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको संचालन र उपसभापति फणेन्द्र शर्माको स्वागतमा भएको कार्यक्रममा क्षेत्र नं. ५ का क्षेत्रिय सभापति वसिउल्लाह मुसलमान, युवा नेता बिष्णु पोखरेल, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, तरुण दलका सैनामैना नगर कोषाध्यक्ष खेमराज पोखरेल लगायतले बोल्दै काँग्रेसलाइ बलियो बनाउदै जनताको हितमा काम गर्न एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

आज विश्वकर्मा दिवसः विश्वकर्मा बाबाको पूजाआराधना गरी मनाइँदै

Next Post ≫

आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क