Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ

संसारपोस्ट संवाददाता · १ आश्विन २०७७ · 0
प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ
150
SHARES
ShareTweet

बुटवल १ असौज
कोरोनाका कारण देशको आर्थिक अवस्था कमजोर भएकाले प्रदेको संरचना खारेज गरेर प्रदेश चलाउने वजेट कोरोना नियन्त्रण र राहतमा खर्च गर्नुपर्ने अखिल नेपाल उद्योग व्यापार संघले माग गरेको छ । नेपाल जस्तो सानो देशले प्रदेशहरुको खर्च धान्न नसक्ने र त्यसै माथि कोराना माहामारीले देशको अर्थतन्त्र चौपट भएकाले प्रदेश चलाउने वजेट कोरोना नियन्त्रण,राहत, शिक्षा, स्वास्थ्य, कृषि ,पर्यटनमा लगानी गरिए मात्र देश अगाडी बढ्न सक्ने अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्माले बताउनु भएको छ ।
कोरोनाका कारण सामान्य आधारभूत खर्च धान्ने हैसियत पनि गुम्दै गएको अवस्थामा नेपाली जनताले प्रदेश धान्न नसक्ने विज्ञप्तिमा उलेख गरिएको छ । संघका केन्द्रिय अध्यक्ष शर्माले विज्ञप्ति जारिगरि धरासायी भएको अर्थतन्त्र उकास्न र देशमा रोजगारी सृजना गर्न कृषिलाई आधुनिकीकरण,यान्त्रिकरण र बजारीकरणको ब्यबस्था राज्यले लिनु पर्ने बताउनु भएको छ ।
उद्योगी ब्यबसायी र आम कोरोना पींडित नागरिकको लागि राहातका प्याकेजहरु ल्याउन उक्त विज्ञप्ति मार्फत राज्यसंग माग गरिएको छ ।
विश्भर फैलिएको कोरोनाले नेपालको सबै क्षेत्रलाई असर गरेको र विशेष गरेर उद्योग धन्दा कलकारखाना, व्यवसायहरु ठप्प हुंदा उदोगी व्यवसायीले बैंकको व्याजसमेत चलाउन नसकेर व्यवसायीहरु तड्पिरहेको बेला राहतका कार्यक्रमहरु सम्बोधन गर्नसमेत संघका अध्यक्ष शर्माले राज्यसंग माग गर्नुभएको छ ।
कतिपय ब्यबसायीले आत्हत्यासम्म गरेकाले उद्योगी व्यवसायीहरु समस्यामा परेको उल्लेख गर्दै लाखौको श्रमशक्ति बिदेशबाट रोजगार गुमाएर रित्तोहात नेपाल फर्किएको अवस्थामा कृषि क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।उद्योग,ब्यापार ब्यबसाय अर्थतन्त्रका मेरुदण्ड भएकाले ब्यबसायीहरुको रक्षागर्ने राज्यको कर्तब्य भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उद्योगी ब्यबसायी, कोरोना पीडित आम नागरिकका मागहरु पुरागर्नका लागि राज्यले उदासिनता देखाएको र कोरोनाको पीडामा खेल्ने काम गरेको बताईको छ । कोरोनाको संक्रमण कसरी नियन्त्रण गरि पींडित उद्योगी व्यवसायी तथा नागरिकका समस्याप्रति राज्य जवाफदेही नबनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोनाको असर सामान्य नबन्दासम्म बुझाई आएको घरबहालमा न्यायोचित गरि छुट गराउनु पर्ने र राज्यले लिने बिभिन्न खाले करहरु मिनाहा गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ ।

≪ Previous Post

अवैध सालकको छाला सहित ५ जना बुटवलमा पक्राउ

Next Post ≫

आज विश्वकर्मा दिवसः विश्वकर्मा बाबाको पूजाआराधना गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क