Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिक्स लैण्ड सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्ति किन र कस्ले फोडयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिक्स लैण्ड सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्ति किन र कस्ले फोडयो

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
सिक्स लैण्ड सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्ति किन र कस्ले फोडयो
120
SHARES
ShareTweet

बुटवल २ साउन
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्गको सिक्स लैण्ड सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्तिहरू तोडफोड भएका छन ।
तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।
बुधवार साँझसम्म केही नभएका बुद्ध मूर्ति विहिवार बिहान तोडफोड भएको देखिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन । घटनाको प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। एउटा मूर्तिको तौल नै १ सय १० किलो छ ।
लुम्बिनीको झल्को दिनेगरीमुख्य सडकको बिचको डिभाईडरमा राखिएका मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ ।
मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई तुरुन्त पहिचान गरी कारवाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

≪ Previous Post

साउन ७ गतेदेखि सेतो नम्वर प्लेटका गाडी चल्न नदिने विप्लव माओवादीको घोषणा

Next Post ≫

भिसिटिएस सिष्टम र सामाजिक सुरक्षा ऐनका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायी सडकमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क