Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ साउन ७ गतेदेखि सेतो नम्वर प्लेटका गाडी चल्न नदिने विप्लव माओवादीको घोषणा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साउन ७ गतेदेखि सेतो नम्वर प्लेटका गाडी चल्न नदिने विप्लव माओवादीको घोषणा

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0
साउन ७ गतेदेखि सेतो नम्वर प्लेटका गाडी चल्न नदिने विप्लव माओवादीको घोषणा
120
SHARES
ShareTweet


बुटवल, २ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने घोषणा गरेको छ । सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गर्नुभएको हो ।
विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र कथित जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन गरिरहेको आरोप लगाइएको छ । र्
तिनै जनप्रतिनिधिहरु सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जनाइएको छ । उक्त निर्णयविरुद्ध काम गरेमा जनकार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ । यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ । वीरजंगले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाउनु भएको छ । गाउँ–गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको उल्लेख छ ।

सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् । ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्य्दिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ। यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,’ मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्,
’राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ । यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’ वीरजंगले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगएका छन् । गाउँ गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको उनले बताएका छन्। ’गाउँ(गाउँमा सिंहदरवारको नारामा गठित स्थानीय सरकारले चर्को कर असुल्ने र जनतामाथि नै दमन गरेर जनपक्षीय आवाजलाई बन्द गर्ने काम गर्दैछ। जनप्रतिनिधिहरु नै ठेक्कामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ’कतिपय जनप्रतिनिधि नै कार्यकर्ता हत्या र सुराकीको भूमिका खेलिरहेका हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै काम बन्द गर्ने निर्णय गरेको छ ।’ राज्य दमनमा उत्रँदै पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ताको हत्या, हिरासतमा राखी यातना र शान्तिपूर्ण भेला गर्न नदिएको उनले दाबी गरेका छन्। त्यहीविरूद्ध प्रतिरोधका लागि साउन ७ गते सेतो नम्बर प्लेटका गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरिएको विप्लव नेकपाले गरेको छ। उक्त निर्णय नटेरे कारवाही चलाउने चेतावनी पनि उनले दिएका छन्।

≪ Previous Post

आजको राशिफल (२०७६ साउन २ गते बिहिवार)

Next Post ≫

सिक्स लैण्ड सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्ति किन र कस्ले फोडयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क