काठमाण्डौ ३० भदौ
सरकारले चालु शैक्षिक सत्र बैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ को कारण करिब ५ महिना पढाई नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ रु भन्ने विषयमा अन्योलता उत्पन्न भैरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले सो धारणा सार्वजनिक गरेको हो ।
विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले सो जानकारी गराउनुभएको हो ।
‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा बैशाखदेखि शैक्षिकसत्र शुरु भैसकेको छ । चैत महिनादेखि लक डाउन भएपछि पढाई ठप्प भएको थियो । असारमा अनलाईन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिक रुपमा पढाई शुरु गरेका थियो । सामुदायीक विद्यालयमा पठन पाठन ठप्प भएको अवस्थामा सरकारले बैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।
मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आज समायोजन ढाचा शुरु गरेपछि औपचारिक रुपमा पठन पाठन शुरु हुने निश्चित भएको छ । शिक्षा सचिव डा सञ्जय शर्माले कार्यढाचा तयार गरेर सार्वजनिक गर्नु अघि परिषदले समायोजन ढाचा सार्वजनिक गरेको हो ।
सो ढाचामा पहिलो परीक्षा आगामी मङ्सिरको अन्तिममा र वार्षिक परीक्षा आगामी चैतको अन्तिममा सञ्चालन गरिने स्पष्ट गरेको छ । प्रश्नपत्र विद्यार्थीको घरमा पठाउन सकिने ओपन बुक मोडललाई प्राथमिकता दिएकोछ । प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअव वा सामाजिक दुरी कायम गरी लिने व्यवस्था गरेको छ ।
ढाचालाई सहजिकरण गर्न विद्यालयका प्रधाअध्यापक ,विद्यालय व्यवस्थापन समिति, विषय शिक्षक र स्थानीय विज्ञको सहभागिता मा सहजिकरण गर्न सकिनेछ । शिक्षामन्त्री पोखरेलले तहगत र विषयगत रुपमा समायोजन ढाचा सार्वजनिक गर्दै सोही अनुसार पठा पाठन शुरु गर्न आग्रह गर्नुभएको छ । उहाले यपरिस्थित अनुसार यो विधिलाई परिवर्तन गर्न सकिने उहाको भनाई छ ।
मौजुदा पाठ्यवस्तुलाई न्युनतम सिकाइको रुपमा हासिल गरी परिवर्तन गर्न सकिने धारणा राख्दै उहाले भन्नुभयो–स्थानीय तहसंग समोत सहयोग लिएर शिक्षक र सिकाइ निर्देशिका निर्माण गर्न सकनेछ ।