Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चालु शैक्षिकसत्र बैशाखदेखि चैतसम्म
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चालु शैक्षिकसत्र बैशाखदेखि चैतसम्म

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७७ · 0
चालु शैक्षिकसत्र बैशाखदेखि चैतसम्म
40
SHARES
ShareTweet

काठमाण्डौ ३० भदौ
सरकारले चालु शैक्षिक सत्र बैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ को कारण करिब ५ महिना पढाई नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ रु भन्ने विषयमा अन्योलता उत्पन्न भैरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले सो धारणा सार्वजनिक गरेको हो ।
विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले सो जानकारी गराउनुभएको हो ।

‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा बैशाखदेखि शैक्षिकसत्र शुरु भैसकेको छ । चैत महिनादेखि लक डाउन भएपछि पढाई ठप्प भएको थियो । असारमा अनलाईन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिक रुपमा पढाई शुरु गरेका थियो । सामुदायीक विद्यालयमा पठन पाठन ठप्प भएको अवस्थामा सरकारले बैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।

मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले आज समायोजन ढाचा शुरु गरेपछि औपचारिक रुपमा पठन पाठन शुरु हुने निश्चित भएको छ । शिक्षा सचिव डा सञ्जय शर्माले कार्यढाचा तयार गरेर सार्वजनिक गर्नु अघि परिषदले समायोजन ढाचा सार्वजनिक गरेको हो ।

सो ढाचामा पहिलो परीक्षा आगामी मङ्सिरको अन्तिममा र वार्षिक परीक्षा आगामी चैतको अन्तिममा सञ्चालन गरिने स्पष्ट गरेको छ । प्रश्नपत्र विद्यार्थीको घरमा पठाउन सकिने ओपन बुक मोडललाई प्राथमिकता दिएकोछ । प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअव वा सामाजिक दुरी कायम गरी लिने व्यवस्था गरेको छ ।

ढाचालाई सहजिकरण गर्न विद्यालयका प्रधाअध्यापक ,विद्यालय व्यवस्थापन समिति, विषय शिक्षक र स्थानीय विज्ञको सहभागिता मा सहजिकरण गर्न सकिनेछ । शिक्षामन्त्री पोखरेलले तहगत र विषयगत रुपमा समायोजन ढाचा सार्वजनिक गर्दै सोही अनुसार पठा पाठन शुरु गर्न आग्रह गर्नुभएको छ । उहाले यपरिस्थित अनुसार यो विधिलाई परिवर्तन गर्न सकिने उहाको भनाई छ ।

मौजुदा पाठ्यवस्तुलाई न्युनतम सिकाइको रुपमा हासिल गरी परिवर्तन गर्न सकिने धारणा राख्दै उहाले भन्नुभयो–स्थानीय तहसंग समोत सहयोग लिएर शिक्षक र सिकाइ निर्देशिका निर्माण गर्न सकनेछ ।

≪ Previous Post

भारतद्वारा नेपाललाई कोभिड १९ विरुद्ध लड्न २ हजार भाइल रेमडेसिभिर प्रदान

Next Post ≫

सैनामैनाले ‘गर्भवती र सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क