Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिला सहित ३ जनाको मृत्यु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिला सहित ३ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिला सहित ३ जनाको मृत्यु
90
SHARES
ShareTweet

बुटवल १९ भदौ
रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार एक महिला सहित ३ जनाको मृत्यु भएको छ ।
बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारत महिला, बुटवलको कोरोना अस्पतालमा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान पौने ९ बजे मृत्यु भएको हो ।
यही भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उहाँमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि उहाँलाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । त्सैगरि लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको छ ।
भदौ ४ गते अस्पताल भर्ना भएका उहाँको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा शुक्रबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमलेबताउनु भयो । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिनु भयो । यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।
चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उहाँ मिर्गौलाका बिरामी पनि रहेको र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उहाँको घरमै मृत्यु भएको हो ।
योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

≪ Previous Post

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

Next Post ≫

रुपन्देहीमा मोसा दुर्घटनामा परि १ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क