Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल ट्राफिकचोकमा ‘फूड बैंक’: हुनेले दिने, नहुनेले लैजाने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ट्राफिकचोकमा ‘फूड बैंक’: हुनेले दिने, नहुनेले लैजाने

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0
बुटवल ट्राफिकचोकमा ‘फूड बैंक’: हुनेले दिने, नहुनेले लैजाने
80
SHARES
ShareTweet

बुटवल, १६ भदौ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावितहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्रसरतामा मंगलबारदेखि बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गरिएको हो ।
विषम परिस्थितिको अवस्थामा कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरुले दिने र नहुनेहरुले लैजाने आग्रह गरिएको छ । सामाजिक सेवामा काम गर्ने संस्थाहरु रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटि र ह्याप्पी ह्वील्सको आयोजना तथा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसिजको सहयोगमा फूड बैंक सञ्चालन गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भूर्तेलले जानकारी गराउनु भयो ।
पैसाको अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्देश्यले लकडाउन अवधिभर सञ्चालन गरिने फूड बैंकबाट एक पटकमा एक जनालाई २.५ किलो चामल, आधा किलो दाल, १ किलो आलु, आधा लिटर तोरीको तेल, १ किलो प्याज, लसुन, बेसार, अदुवा एक÷एक पाउ, एक किलो नुन, ५ वटा मास्क र साबुन प्रदान गरिने छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यसयता स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्दै आएको छ । लकडाउनका कारण उद्योग व्यापार व्यबसाय लगभग ठप्प जस्तै भएको र कतिपयले रोजगारी समेत गुमाउनु परेको छ ।
यस्तो विषम परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई सक्दो राहत पु¥याउन सकियोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा सहयोग प्रदान गरिएको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।
नहुनेहरुका लागि नै फूड बैंक सञ्चालन गरिएको र उनीहरुको दैनिक सांझ बिहान हात मुख जोड्न सहजहोस भन्ने आफूहरुको उद्देश्य रहेकाले नहुनेहरुले कुनै संकोच नमानी लैजानकालागि ई–क्यान रुपन्देहीका अध्यक्ष देव कुवँरले आग्रह गर्नुभयो । महामारीको सबैले मिलेर सामना गर्नुपर्ने बताउँदै हेप्पी ह्वील्सका अध्यक्ष सन्तोष केसीले फूड बैंक हुने र नहुने बिचको सहकार्यको एउटा नमुना भएको बताउनु भयो ।

≪ Previous Post

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

Next Post ≫

पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क