बुटवल १४ भदौ
रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ। जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र ृसिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हो ।
नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ । लकडाउन थप कडाई गरिने पनि जनाईएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।