बुटवल १४ भदौ
प्रदेश ५ को अस्थायी राजानी बुटवलमा कोरोना भाइरसको संक्रमणबाट आइतबार एकजनाको बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कोभिड पोजेटिभ भई आइतबार बिहान साढे ४ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको हो । मृत्यु भएका पुरुषमा ज्वरो, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको र उनी बिहानदेखि अस्पतालको फिबर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत रहेको डा. गौतमले जानकारी दिनु भयो । यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
