Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुलुकभरका ट्रान्सपोर्ट बन्द मालबाहक ट्रक घर ग्यारेजमा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मुलुकभरका ट्रान्सपोर्ट बन्द मालबाहक ट्रक घर ग्यारेजमा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
मुलुकभरका ट्रान्सपोर्ट बन्द मालबाहक ट्रक घर ग्यारेजमा
70
SHARES
ShareTweet


बुटवल, १ साउन । ढुवानी ब्यबसायलाई मुल्य अभिबृद्धिकर (भ्याट) तथा अनलाईन मार्फत निगरानी गर्ने नीति सरकारले साउन १ गतेदेखि लागु गरेपछि मुलुक भरका ट्रान्सपोर्ट बन्द भएका छन् भने माल सामान ढुवानी गर्ने ट्रक ब्यवसायीले घर ग्यारेजमा थन्काएका छन् ।
सरकारले बजेट मार्फत ढुवानी ब्यबसायलाई मुल्य अभिबृद्धिकर (भ्याट) तथा माल बाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधवार देखि लागु गर्ने घोषणा अब्यबहारिक भएको भन्दै सो नीति नसच्याए सम्म माल बाहक सवारी साधन र ट्रान्सपोर्ट संचालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतस्र्फुत रुपमा आफ्ना साधन नचलाएर बन्द गरेका छन् ।
यस अघि नै ट्रक ब्यबसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तत्काल सच्चाउन सरकारसगं माग गदै नसच्चाए साउन १ गते देखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उदघोष गरेका थिए । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी ब्यबसायी नै चौपट हुने र ब्यबसाय सञ्चालन गर्न नसकिने निकर्ष ब्यवसायीले निकालेका छन् ।
नेपाल ट्रक यातायात ब्यबसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फी रुपमा यो नीति लाद्न खोजको र व्यवहारिक नभएकोेले तत्काल सच्चाउन माग गर्नुभयो ।
अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।
महासंघ प्रदेस ५ का संयोजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक नीति ल्याउंदा ब्यबसायीहरु समस्यामा पर्ने गरेको बताउदै व्यवसायीले व्यवसाय संचालन गर्न नसक्ने भएर आफै सवारी साधन घर ग्यारेजमा थन्काएको बताउनु भयोे ।
ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीति अनुसार व्यवसाय संचालन गर्न नसकिने भन्दै व्यवसायीहरुले माल बुकिङ र ढुवानी नगरी पसल बन्द गरेको बताउनु भयो । अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रमका बीच बुधवार काठमाण्डौमा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।

≪ Previous Post

देशभर मनसुन कमजोर बन्दै

Next Post ≫

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग ः बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क