बुटवल, ९ साउन
कोभिड १९ को महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ बजारमा आएकोे छ ।
शुक्रबार बुटवलमा शुभारम्भ डिजिटलको यू–ट्यूबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शकको मन जितिसकेको छ ।
युएसए डबल बी गु्रपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा पत्रकार सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि.सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ । गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुष्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।
गीतको संगित संयोजन हेमन्त शिषिरले गर्नु भएको छ् भने भिडियोको निर्देशन सम्पादन र छायांकन विष्णु भट्टराईले गर्नु भएको छ् ।