Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा अलग अलग घटनामा तीन जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा अलग अलग घटनामा तीन जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0
रुपन्देहीमा अलग अलग घटनामा तीन जनाको मृत्यु
70
SHARES
ShareTweet

बुटवल, ९ साउन । रुपन्देहीमा अलग अलग घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मर्चवारी गाउँपालिका–५, बडवलिया बस्ने कमरुद्दिन मुसलमानको ५ बर्षिय छोरा तवरेज मुसलमानको सर्पले डसेर मृत्यु भएको छ । घरमै बसेको अवस्थामा हिजो सांझ साढे सात वजे तरवेजको दाहिने हातमा सर्पले डसेपछि उपचारका लागि भिम अस्पताल भैरहवा पठाईएकोमा उपचारको क्रममा हिजै राती साढे ८ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।
यस्तै आज विहान अन्दाजी ११ बजेको समयमा मायादेवी गाउँपालिका–६ बेथरी बस्ने मक्खु पासवानको श्रीमती वर्ष ४० की इन्द्रा पासवानको करेण्ट लागि मृत्यु भएको छ । पासवानले टेबुल पँखा समाउदा अचानक करेन्ट लागी घाईते भएको र इलाका प्रहरी कार्यालय वेथरीको प्रहरी टोलिले तत्काल उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा साढे ११ बजे मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
यसैगरी मायादेवी गाउँपालिका–६ गुरबनिया स्थित लुम्बिनी–भैरहवा हुलाकी सडक खण्डमा ट्रकले ठक्कर दिदा सोही ठाउं वस्ने वर्ष ३६ की अमिरुन निसा खानको मृत्यु भएको छ ।
लुम्बिनीबाट भैरहवा तर्फ आउदै गरेको लु २ ख २१७ न.को ट्रकले ठक्कर दिई घाईते भएकी खानलाई तत्काल उपचारको लागि भिम अस्पताल भैरहवा पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

तीजको कोशेली ‘केही छैन रमाइलो’ बजारमा

Next Post ≫

आज नाग पञ्चमी, नागको पुजा अर्चना गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क