Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको सियारीमा ५३ वटा विवाद मेलमिलापबाट समाधान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सियारीमा ५३ वटा विवाद मेलमिलापबाट समाधान

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0
रुपन्देहीको सियारीमा ५३ वटा विवाद मेलमिलापबाट समाधान
70
SHARES
ShareTweet

बुटवल ९ साउन
सहमति र मेलमिलापबाट विवाद समाधानमा स्थानीय तहका न्यायिक समितिले मध्यस्थता गर्न थालेपछि स्थानीय तहमा न्याय सम्पादनमा प्रभावकारिता देखिन थालेको छ ।
नेपालको संविधानको धारा २१७ अनुसार न्यायिक समितिमार्फत गाउँपालिका वा नगरपालिकाले नागरिकका विवाद समाधान गर्ने व्यवस्था रहेको छ ।
जनप्रतिनीधी आईसके पछि नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन२०७४को प्रावधान अनुसार रुपन्देहीको सियारी गाउँपालिकाले न्याय सम्पादन गरिरहेको छ ।
स्थानिय तहमा जन प्रतिनिधि आईसके पछि रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष अमृता गुरुङको संंयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरि कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद समाधान गरिरहेको छ ।
न्यायिक समितिमा जग्गाको साँध मिचिएको, छिमेकीको झगडा, श्रीमान् श्रीमती विचको घरझगडा, सासू बुहारीबीच झगडा, सम्बन्ध बिच्छेद, अर्काको बाली नोक्सानी गरेको, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपन्छी हराएकोे, पानी निकास, सार्वजानिक जग्गा मिचेको, लेनदेन, अंशा हक भोग, कुटपिट, गाली बेइज्जती, लुटपिट, लगायतका उजुरी न्यायिक समितिमा पर्ने गरेको गाउँपालिकाको न्यायीक शाखाले जनाएको छ ।
सियारी गाउँपालिकामा आर्थिक वर्ष ०७६÷७७ मा ७७ वटा कुल म्द्दा दर्ता भएको थियो । जसमा ५३ वटा विवाद समाधन गरेको छ । ०७५÷७६ मा बांकीं रहेका १८ वटा मुद्दा ०७६÷७७ मा हेरिएको ५ वटा विवाद–मुद्दा अदालत पठाईएको छ र ३७ वटा मुद्दा यस आर्थिक वर्षमा हेरिने गाउँपालिकाको न्यायिक शाखाले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा १६९ वटा मुद्दा दर्ता भएको थियो । जसमा ९१ वटा विवाद समाधान गरिएको न्यायिक शाखाले जनाएको छ ।
मध्यस्थताबाट विवादका पक्ष विपक्षबीच सौहार्दता, मेलमिलाप तथा जित–जितको सिद्धान्तबाट विवाद समाधान गरिरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो – न्यायिक समितिबाट सम्भव भएसम्म सरोकारवालाबीच मेलमिलाप गराएर दुवै पक्षको जित हुने गरी न्यायिक निर्णय गर्ने गरेका छौं ।

≪ Previous Post

बुटवल इजलासमा सबैभन्दा बढी जग्गा विवाद सम्बन्धि मुद्धा

Next Post ≫

तीजको कोशेली ‘केही छैन रमाइलो’ बजारमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क