Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता बढेको छ : काँग्रेस नेताहरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता बढेको छ : काँग्रेस नेताहरु

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७७ · 0
वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता बढेको छ : काँग्रेस नेताहरु
140
SHARES
ShareTweet

बुटवल, ५ साउन । ३८ औं वी पी जयन्तिको अवसर पारेर वी पी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानको कार्यालय बुटवल ९ मा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वी पी नेपाली काँग्रेसको मात्र नभइ आम नेपालीको साझा नेता भएको बताए । देश र जनताको सर्वोपरी हितकालागि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले वी पी ले देखाएको बाटो अबलम्बन गर्दै उहांका बिचार, सिद्धान्त र निष्ठाको राजनीतिलाइ आत्मसाथ गर्नु पर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता झन बढेर गएको बताउनुभयो । वी पी को विचार नेपालको लागि मात्र नभएर संसारकै लागि अनुकरणिय विचार भएको उल्लेख गर्दै उहांले देश र जनताको सर्वोपरी हितकालागि नेपाली काँग्रेस वी पीले कोरेको बाटोमा एकढिक्का भएर अगाडी बढ्ने बताउनु भयो ।
पूर्व राज्यमन्त्री समेत रहनुभएका सभापति रज्जाकले दुई तिहाईको सरकारले कोरोना भाइरसको महामारीबाट जनतालाइ जोगाउनुको साटो करोडौ भ्रष्टाचार गरेर आम जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको आरोप लगाउनु भयो । ओली सरकार इतिहासकै भ्रष्ट र नालायक भएको दावी गर्दे उहांले नेपाली काँग्रेस त्यसका बिरुद्ध खबरदारी गर्दै देश र जनताको हितकालागि अझ बढी जागरुक भएर अगाडी बढिरहेको बताउनुभयो ।
नेपाली काँग्रेसकी महासमिति सदस्य बालकुमारी भण्डारीले पार्टीको नेतृत्व विधिसम्मत ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिदै वी पी विचारका बारेमा कविता, निवन्ध जस्ता प्रतियोगिता तथा कार्यक्रम गरेर वी पीका विचार विद्यार्थी वर्ग तथा आम जनता सम्म पुर्याउन सकेमा पार्टीको संगठन सुदृढिकरणमा टेवा पुग्ने धारणा राख्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नम्वर २ का उपसभापति पर्शुराम ढकालले काँग्रेसका सबै नेता कार्यकर्ताले वी पी विचारलाई आत्मसाथ गरेर निष्ठा, आदर्श र सिद्धान्तको राजनीतिमा गरेमा मात्र वी पी प्रति सच्चा श्रद्धान्जली हुने वताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले वी पीको सिद्धान्त र बिचारलाइ अनुसरण गर्दै नेपालका कम्युनिष्टहरु समेत संसदीय अभ्यास नै देश र जनताको मुक्तिका लागि उपयुक्त अभ्यास हो भन्ने कुरालाई आत्मसाथ गर्नु काँग्रेसका लागि गर्वको विषय भएको वताउनु भयो ।
वी पी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरीको अध्यक्षता सचिव खिमानन्द भट्टराइको संचालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका पुर्व सभापति रामप्रसाद खनाल, प्रतिष्ठानका उपाध्यक्ष बिमलराज भट्टराइ लगायतले बोल्दै दुई तिहाईको सरकारले आम जनताको अपेक्षा अनुरुप काम गर्न नसकेका बेला नेपाली काँग्रेस शसक्त र क्रियाशिल भएर अगाडी बढ्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।

≪ Previous Post

ईनरह्विल क्लब : क्षमता अभिबृद्धि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Next Post ≫

प्रदेश ५ मा कोभिड–१९ समुदाय स्तरमा फैलिए नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क