Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईनरह्विल क्लब : क्षमता अभिबृद्धि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईनरह्विल क्लब : क्षमता अभिबृद्धि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७७ · 0
ईनरह्विल क्लब : क्षमता अभिबृद्धि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
90
SHARES
ShareTweet

बुटवल, ५ साउन । ईनरह्विल क्लब अफ बुटवलको वर्ष २०२०÷२१ को पहिलो वोर्ड तथा २५५ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले क्लबको आगामी कार्यक्रमका बारेमा निर्णय गर्नुकासाथै विगतको समिक्षा गरेको छ ।
क्लबका नवनिर्वाचित अध्यक्ष शोभा जोशीको अध्यक्षतामा बसेको बैठकले क्लब लेवलको योजना तर्जुमा तालिम तथा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले क्लब लेवलको योजना तर्जुमा तालिमका लागि निर्मला श्रेष्ठलाई तथा तीज मिलन कार्यक्रमका लागि अम्बिका श्रेष्ठलाई संयोजक तोकेको अध्यक्ष जोशीले बताउनु भयो ।
बैठकमा क्लबको १७ औ पद हस्तान्तरण तथा १८ औ स्थापन दिवश कार्यक्रमको प्रतिवेदन रुपा भण्डारीले प्रस्तुत गर्नु भएको थियो । बैठकमा क्लबले गरेका कामको बारेमा समिक्षा गर्नुकासाथै नया सदस्यताको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको जनाइएको छ । बैठकले क्लबका पूर्व अध्यक्ष शान्ता शाक्यको क्लबलाई बुझाउनु पर्ने शुल्क उहांलाई सम्मान गर्दै मिनाहा गर्ने निर्णय गरेको अध्यक्ष जोशीले बताउनु भयो ।
बैठकका अवसरमा उच्च शैक्षिक सफलता हासिल गर्ने एवं विभिन्न क्लबहरुमा निर्वाचित हुन सफल ईनरह्विल क्लबका सदस्यका छोरीहरु श्रृष्टि गुरुङ, सोनाली गुरुङ, स्मारिका श्रेष्ठ, त्रिसना श्रेष्ठ र विनिता ज्ञवालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ईनरह्विल क्लव डिष्ट्रिक ३५० का निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजु, वर्ष २०१९÷२० का अध्यक्ष प्रमिला श्रेष्ठ, पूर्व अध्यक्षहरु भारती जोशी, सरस्वती श्रेष्ठ, क्लब डाइरेक्टर राधिका गुरुङ लगायतले बोल्दै महिलाहरुको क्षमता विकास र उनीहरुलाई आत्मनिर्भर बन्नका लागि प्रेरित गर्ने खालका कार्यक्रमहरु गर्न क्लवलाई सुझाव दिनु भएको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष जोशीले क्लबको नियमित कार्यक्रमलाई व्यबस्थित बनाउने र महिलाहरुको क्षमता अभिबृद्धिका साथै शिक्षा, स्वास्थ्यसहित सामाजिक गतिविधिका कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने लक्ष्य लिएको हुदा अग्रजहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव सम्झना ज्ञवालीले, स्वागत मञ्जु श्रेष्ठ र धन्यवाद ज्ञापन गंगा श्रेष्ठले गर्नु भएको थियो ।

≪ Previous Post

वी पी बिचार राष्ट्रिय समाजद्वारा बुटवल र तिलोत्तमामा मास्क वितरण

Next Post ≫

वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता बढेको छ : काँग्रेस नेताहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क