Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वी पी बिचार राष्ट्रिय समाजद्वारा बुटवल र तिलोत्तमामा मास्क वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वी पी बिचार राष्ट्रिय समाजद्वारा बुटवल र तिलोत्तमामा मास्क वितरण

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७७ · 0
वी पी बिचार राष्ट्रिय समाजद्वारा बुटवल र तिलोत्तमामा मास्क वितरण
100
SHARES
ShareTweet

बुटवल, ५ साउन । ३८ औं वी पी स्मृति दिवसको अवसरमा वी पी बिचार राष्ट्रिय समाज बुटवल र तिलोत्तमा नगर समितिले आज अलग अलग कार्यक्रमको आयोजना गरेर सर्वसाधारणलाई मास्क वितरण गरेका छन् ।
कोरोना माहामारीबाट आफु जोगिन र अरुलाई पनि जोगाउन सवैलाई सुसुचित गर्ने स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत वी पी बिचार राष्ट्रिय समाज बुटवल र तिलोत्तमा नगरसमितिले बुटवलको राजमार्ग चौराह र तिलोत्तमाको ड्राइभरटोलमा कार्यक्रम गरेर मास्क वितरण गरेका हुन् ।
वी पी विचार राष्ट्रिय समाज बुटवलले आयोजना गरेको मास्क वितरण कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सडकका यात्रुहरु तथा सर्वसाधारणलाई मास्क प्रदान गर्दै कोरोनाको जोखिम कायमै रहेकाले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र सावुन पानीले हात धुने लगायतका सावधानी अपनाउन सबैलाइ आह्वान गर्नुभयो ।
महामारीका बेला जनताको रक्षक बन्नु पर्ने सरकार नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै उहांले नेपाली काँग्रेस सदैव जनताको साथमा रहेको बताउनु भयो । ओली सरकारले स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार गरेर जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड गरेको आरोप लगाउनु भयो ।
समाजका बुटवल नगर समिति अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सल्लाहकार बिष्णु पोख्रेल, उपाध्यक्ष जाकिर हुसेन, सचिव जयप्रकाश भट्टराइ लगायतले बोल्दै कोरोना महामारीबाट आम जनतालाइ बचाउन सबैले आआफनो ठाँउबाट भूमिका खेल्नु पर्ने बताउनु भयो । समितिले राजमार्ग चौराहमा एक हजार थान मास्क बितरण गरेको थियो ।
यसैगरी वी पी बिचार राष्ट्रिय समाज तिलोत्तमा नगर समितिले तिलोत्तमाको ड्राइभरटोल चोकमा एक हजार थान मास्क बितरण गरेको छ । समाजका अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, जिल्ला सचिव रामकृष्ण खाँण, महिला संघका सभापति गंगा शाही, समाजका सल्लाहकार बिष्णु पोख्रेल, सहसचिव बाबुराम पन्थी लगायतले मास्क बितरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले आम जनता कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटबाट गुज्रिरहदा सरकार भने भ्रष्टाचार र कुर्सीको खेलमा लिप्त भएको टिप्पणि गर्नुभयो । कोभिड सम्बन्धि स्वास्थ्य सामाग्री खरिदमै भ्रष्टाचार गरेर बदनाम भएको सरकारले परराष्ट्र नीतिमा समेत फेल खांदा विश्व सामु आम नेपालीको शिर निहुरिएको नेता ढकालले बताउनु भयो ।
पार्टीका जिल्ला सचिव रामकृष्ण खाँणले सरकार र भ्रष्टाचार एउटै सिक्काका दुइ पटा जस्तै भएको बताउनु भयो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शरद भट्टराई, सल्लाहकार विष्णु पाख्रेल, युवा नेता हरि न्यौपानेलगायतले वोल्दै बोल्दै कोभिड १९ र यसले निम्त्याएको जटिल परिस्थितिबाट देश र जनतालाइ बचाउन काँग्रेसले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

एम्स स्टुडेण्टसको अध्यक्षमा पाण्डे

Next Post ≫

ईनरह्विल क्लब : क्षमता अभिबृद्धि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क