बुटवल ५ साउन
बुटवलो राजमार्ग चौराहा नजिकै संचालित एम्स कलेजमा आध्ययनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुडेण्टस (क्यास)मा नयाँ नेतृत्व चयन भएको छ ।
भर्चुअल बिधिद्वारा बिबिएस तेश्रो तहमा अध्ययनरत राम प्रकाश पाण्डेको अध्यक्षतामा १९ सदस्यिय(क्यास)को कार्य समिती गठन गरिएको हो ।
काउन्सिलका संरक्षक एवम क्याम्पस प्रमुख दीपक ढकालले नयाँ कार्यसमितिको घोषणा गर्दै बिगत देखी काउन्सिलले गरेका रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई अझै परिष्कृत कार्यहरु गर्नतर्फ लाग्न प्रेरित गर्नुभयो ।
समितिमा निवर्तमान अध्यक्ष नबिन पुरि, उपाध्यक्ष केवलराज गिरि, सचिव लक्षिता खनाल्, कोषाध्यक्षमा दिपेश भुसाल, ज्वाईन्ट सेक्रेटरिहरुमा यमुना दत्त नेपाली, साक्षी देवकोटा, चयन हुनु भएककको छ ।
त्यस्तै सांकृतीक, साहित्य, तालिम, खेलकुद संयोजकमा क्रमशः रीना पन्जियार, कृती सापकोटा, सिमा सापकोटा, सुशान भट्टराई चयन हुनु भएो छ ।
त्यस्तै सदस्यहरुमा गङ्गा अर्याल, देवकला तिवारी, निशा चापगाई, तिर्सना भन्डारी, बिजया पाण्डे, लक्ष्मी भट्टराई, निशा विश्वकर्मा र सुरक्षा सापकोटा चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने, समन्वयकर्ता सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले निर्वाचितहरुलाई बधाई एवम शुभ कामना दिनु भएको थियो ।
