Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ मा कोभिड–१९ समुदाय स्तरमा फैलिए नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा कोभिड–१९ समुदाय स्तरमा फैलिए नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७७ · 0
प्रदेश ५ मा कोभिड–१९ समुदाय स्तरमा फैलिए नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु
130
SHARES
ShareTweet

बुटवल, ५ साउन । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । अहिलेसम्म शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो ।
समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोलि परिचालन भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै अव समुदाय स्तरमा नमुना संकलन गर्न गईरहेको जनाउनु भएको छ । पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन गरिने छ । अर्घाखाँची, नवलपरासी, रुपन्देही, वर्दिया, कपिलवस्तु र दाङवाट १२ सय जनाको रेन्डम स्याम्पलिङ विधिवाट नमुना छनोट गरिने मन्त्री वरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अधिक जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था, अत्यावश्यक सामाग्री विक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र सुुरक्षाकर्मीहरुको नमुना संकलन गरी परिक्षण गर्न लागिएको हो । यसले समुदायस्तरमा जोखिमको अवस्थावारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना वनाईने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रदेशमा कोभिड–१९ नियन्त्रण उन्मुख रहेको र यो अवस्था आउनुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सबै जनसमुदायको सहयोग रहेको भन्दै मन्त्री वरालले सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ । प्रदेश नं ५ मा अहिले सम्म ४ हजार ९९ कोभिड पोजेटिभ रहेकोमा ३ हजार ७ सय ७१ जना निको भई घर फर्केको र अझै ३ सय १५ जना अस्पताल तथा ओईसोलेशन सेन्टरमा उपचाररत रहेकाछन् । प्रदेशमा १३ जनाले कोभिड १९का कारण ज्यान गुमाईसकेका छन् ।

≪ Previous Post

वी पी को निष्ठाको राजनीति, बिचार र सिद्धान्तको सान्दर्भिकता बढेको छ : काँग्रेस नेताहरु

Next Post ≫

सन्दर्भ विपी स्मृति, कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा सरकार गम्भिर छैन: काँग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क