Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ तिलोत्तमा प्लाष्टिकका झोला निषेधित नगरपालिका
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा प्लाष्टिकका झोला निषेधित नगरपालिका

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
तिलोत्तमा प्लाष्टिकका झोला निषेधित नगरपालिका
50
SHARES
ShareTweet


तिलोत्तमा, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकका झोला निषेधित नगरपालिका घोषणा गरिएको छ । बुधबार बिहान मणिग्राममा एक बिशेष कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई प्लाष्टिकका झोला निषेधित घोषणा गरिएको हो ।
सो कार्यक्रममा सहभागि जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, कर्मचारी लगायत सबैलाई प्रतिनिधि सभाका सदस्य तथा नेकपाका नेता घनश्याम भुसालले प्लाष्टिकका झोला, गिलास र चम्चा प्रयोग नगर्नेे सपथ खुवाउनु भएको थियो ।
नगरपालिकाले सरोकारवाला संघ–संस्थाहरुसँगको साझेदारीमा यो कार्यक्रलाई सफल बनाउन २०७५ वैशाख १ गतेदेखि नै प्लाष्टिकका झोला निषेधित अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको थियो । नगरपालिकाले यो अभियान संचालन गरेसंगै नगर क्षेत्रका कतिपय विद्यालयहरुले प्लाष्टिक झोला निषेधित घोषणा गरेका छन् । नगरपालिकामा विभिन्न संघ–संस्था, क्लब, टोल विकास संस्था, सहकारीलगायतले समेत प्लाष्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोलाहरु वितरण गर्दै आएका छन् । नगरपालिकाले प्लाष्टिक झोलाको विकल्पमा अन्य वस्तुबाट बनेका झोला वा वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीमा आह्वान गर्दै आएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

≪ Previous Post

आज साउने संक्रान्ति पर्व लुतो फाल्ने दिन

Next Post ≫

बिशेष समयको कार्यसूचि हटाएर मुख्यमन्त्रीलाई समय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क