Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए

संसारपोस्ट संवाददाता · १३ असार २०७७ · 0
कोरोना जितेर तिलोत्तमा आइसोलेशनबाट दुई जना घर फर्किए
80
SHARES
ShareTweet

सेवा व्यवसाय साँझ ७ बजेसम्म मात्र चलाउने निर्णय


बुटवल १३ असार
तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेशन सेन्टरमा रहेका मध्ये दुई जना शनिबार कोरोनालाई जितेर घर गएका छन् ।
कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो ।
यसअघि उनीहरुको १४ दिने क्वारेन्टाइन अवधि पूरा भएपछि गरिएको आरटिडी परीक्षणको नतिजा पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर पोजेटिभ आएपछि आइसोलेशनमा रहेका उनीहरुको १४ दिनपछि पुनः पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
उनीहरुलाई नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्षहरुले बधाई सहित बिदाई गरेका छन् ।
हाल आइसोलेशन सेन्टरमा १९ जना रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना जितेर घर फर्किएकाहरु भारतका विभिन्न स्थानबाट आएका हुन् ।
यसैबीच तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नगरभित्रका पसल व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ, संगठन, तिलोत्तमा च्याबर अफ कमर्शका प्रतिनिधि समेत सम्मिलित नगरपालिका संकट व्यवस्थापन केन्द्रको शनिबार सम्पन्न बैठकले जनजीवनलाई सामान्य बनाउन नेपाल सरकारले पछिल्लो पटक बन्दाबन्दीको सम्बन्धमा गरेको निर्देशन बमोजिम नगर क्षेत्रमा संघीय सरकारले तोकेबमोजिमका सेवा व्यवसाय साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
तोकिएबमोजिमका सेवा, व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने र मास्क, पञ्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । संकट व्यवस्थापन केन्द्रका संयोजक नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, स्थानीय सुरक्षा निकायका प्रमुखहरुले कोरोना महामारी रोकथामका लागि थप चाल्नुपर्ने कदमको बारेमा आआफ्नो भनाइ राख्नु भएको थियो ।
बैठकमा बन्दाबन्दी सुरु भएदेखि हालसम्म कोभिड–१९ संक्रमणको रोकथाम एवं नियन्त्रणमा नगरपालिकाले गरेका कामका बारेमा समीक्षा भएको र आगामी योजनाका बारेमा छलफल भएको नगर प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

≪ Previous Post

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान

Next Post ≫

आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क