Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघ–संस्थाले बुझाए पर्यटन मन्त्री गिरीलाई ज्ञापनपत्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघ–संस्थाले बुझाए पर्यटन मन्त्री गिरीलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · १० असार २०७७ · 0
पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघ–संस्थाले बुझाए पर्यटन मन्त्री गिरीलाई ज्ञापनपत्र
110
SHARES
ShareTweet

सहुलियत ब्याज दरमा ऋणको व्यवस्था, ब्याज छुट र किस्ताको समय बढाउन माग

बुटवल, १० असार । रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग सम्वद्ध व्यवसायी तथा संघसंस्थाहरुले कोरोना भाइरस (कोभिड–१९) ले पारेको प्रभाव र उपाय सहित प्रदेश ५ सरकारका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले रेड जोनमा पारेका रुपन्देही तथा प्रदेश ५ मा क्रियाशिल पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघसंस्थाको तर्फबाट बुधवार मन्त्री गिरीलाई बुझाईएको ज्ञापनपत्रमा देशको आथर््िाक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रसंग सम्वन्धित होटल व्यवसाय, यातायात क्षेत्र, पार्क–उद्यान तथा ट्राभल, व्यूटी पार्लर, सैलुन व्यवसाय लकडाउनका कारण पूर्णरुपमा बन्द भएकाले यस्ता ब्यवसायी तथा ब्यवसायको पुनर्जीवन र विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट सरल र सहुलियत ब्याज दरमा ऋणको व्यवस्था गरिदिन प्रदेश सरकारसंग माग गरिएको छ ।
ब्यवसायीहरुले कोरोना भाइरसको कारणबाट देखापरेको जोखिमलाई न्यूनिकरण गर्न गरेको लकडाउन अवधिभरको बैंक तथा वित्तिय संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याज छुट तथा लकडाउन समाप्त भएपछिको ६ महिना सम्म किस्ता रकम बुझाउने म्याद थप गर्नका लागि माग गरेका छन् ।
कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको अवस्थामा सबै पर्यटन व्यवसायीहरुको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउन अवधिभरको सरकारी स्वामित्वमा भएका घर तथा जग्गाको हकमा घरभाडा पूर्ण रुपमा छुट तथा व्यक्तिगत स्वामित्वमा रहेका जग्गा तथा घर भाडामा लिई बसेका ब्यवसायीहरुको हकमा घरभाडामा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । यस्तै लकडाउन अवधिभर पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायीहरुले प्रयोग गर्दै आएको विद्युत, खानेपानी, टेलिफोन तथा नेटको शुल्क छुट गर्न समेत माग गरेका छन्ं ।
कोभिड १९ को जोखिम न्युनिकरण तथा संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण होटल, यातायात, ट्राभल, व्यूटी पार्लर, सैलुन, पार्क उद्यान लगायतका ब्यवसाय तथा क्षेत्र पूर्ण रुपमा बन्द हुंदा यस पेशामा आवद्ध मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरुलाई उचित राहत तथा अनुदानको व्यवस्था मिलाउन समेत ब्यवसायीहरुले माग गरेका छन् ।
यसैगरी उनीहरुले राज्यलाई बुझाउनु पर्ने मूल्यअभिवृद्धि कर, व्यवसाय कर लगायतका कर तथा महशुल बुझाउने समयावधी बढाउन र कुनै ब्याज जरिवाना नलिने व्यवस्था मिलाउन माग गरेका छन् ।
त्यस्तै होटल व्यवसाय, यातायात क्षेत्र, ट्राभल, व्यूटी पार्लर, सैलुन तथा पार्क उद्यान जस्ता रेडजोनमा परेका व्यवसायी तथा मजदुर कर्मचारीको राज्यका तर्फवाट निःशुल्क कोरोना विमाको व्यवस्था मिलाउन माग गरिएको छ ।
उनीहरुले रेडजोनमा परेका पर्यटनसँग सम्बन्धित व्यवसाय सुरक्षित तरिका अपनाई व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छनं ।
पर्यटन मन्त्री गिरीलाई होटल तथा रेष्टुरेण्ट बयवसायी संघ रुपन्देही, पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि.बुटवल, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बुटवल, यातायात मजदुर तथा ब्यवसायी भलाई कोष बुटवल, ब्यूटिसियन संघ प्रदेश ५ र नेपाल एशोसियसन अफ ट्राभल एजेन्ट नाटा प्रदेश पाँच लगायतका ब्यवसायमा संलग्न ब्यवसायीहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । लकडाउनका कारण मर्कामा परेका ब्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुभm्दै मन्त्री गिरीले प्रदेश सरकारले गर्न सक्ने विषयमा मुख्यमन्त्रीसंग सरसल्लाह गरि सहयोग गर्ने वातावरण मिलाउने आश्वासन दिनुभयो ।

≪ Previous Post

सैनामैनाको करिब ७१ करोडको बजेट सार्वजनिक

Next Post ≫

आज मिति २०७७ आषाढ ११ गते बिहीवार तदनुसार 25 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क