Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ ११ गते बिहीवार तदनुसार 25 june 2020
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ ११ गते बिहीवार तदनुसार 25 june 2020

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
आज मिति २०७७ आषाढ ११ गते बिहीवार तदनुसार 25 june 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ ११ गते बिहीवार तदनुसार 25 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः–चौथी ८ घडी ५३ पला, बिहान ८ बजेर ४४ मिनेटसम्म, नक्षत्र– अश्लेषा १९ घडी ३१ पला, दिनको १ वजेर ०० मिनेट सम्म, योग – हर्षण, करण – भद्रा आनन्दादियोग – अमृत चन्द्रमा – कर्कट राशिमा दिनको १ बजेसम्म पश्चात् सिंहमा , सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर ११ मिनेटमा, सूर्यास्त – सायं ७ वजेर ०१ मिनेटमा ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
१ वजे पछि केही फलमा अन्तर अएता पनि प्रेमकोबाटो बन्दहुने सम्भावना छ , अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ । बुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
सरकारीकाम अविलम्ब पुराहोला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । भाग्यले साथ दिनेछ , बिरोधीहरू पछि पर्ने छन् । स्त्रीको सहयोग तथा सुख मिल्ने छ भने स्त्री हरुका लागि पुरुषको सहयोग प्राप्ति होला । १ वजे पछि भने फलमा अन्तर आउला ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
चुनौति पूर्णकाममा हातनहालेको राम्रो, अध्यान अध्यापनको मार्ग असफल होला । मानसिक असन्तोष तथा कुटुम्बिहरू विरोधि होलान् । आँखामा समस्या आउन सक्ला, खानपिनमा ख्याल गर्नु पर्नेछ । दिनको १ वजे पछि भने फल राम्रो आउँनेछ ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिनको १ वजे सम्म लग्नमा रहेको चन्द्रमाले गर्दा न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ । उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । बैचारिक मार्ग सफल तथा लेखनको मार्ग राम्रो होला । १ वजे पछि भने केही असहज परिस्थिति देखा पर्न सक्छ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेममा असफलता हात लाग्न सक्छ । शैक्षिकमार्ग असफल हुनसक्छ । शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धन,मान, पद– प्रतिष्ठामा आँचआउने काम नगर्नु वेश । आफ्नासँग बिवाद बढ्न सक्ने ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मित्रहरूले साथ दिने छन्, व्यापारमा उन्नति होला । अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । आनन्दको अनुभूति होला, दिन राम्रो व्यतित होला ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
सानातिना अल्झनहरू आफै सुल्झने छन्, तपाईंको कामको सवैले प्रशंसा गर्लान् । मान सम्मान प्राप्तिहोला, रोकिएको धन हात पर्न सक्छ । आफन्तको सहयोगले गर्दा कार्यमा प्रगति गरिनेछ, पुत्रको सहयोग साथ पाईएला, । दिनको १ वजे पछि बिपरीत फल आउनेछ ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दिनको १ बजे पश्चात् राम्रो फल मिलेता पनि १ बजे सम्म शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । आकस्मिक समस्याले शरीरमा कमजोरी आउन सक्छ । सरकारी काममा विलम्बता आउला, वाद विवादमा पर्न सकिने छ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मान्य जनको मन जित्ने प्रयास गर्नु पर्ने हुन्छ । वाद–विवादमा पर्न सकिन्छ कमबोल्दा राम्रो, अचानक खर्च हुनसक्छ । परिस्थिति अनुसार चल्न नसक्दा समस्या बेहोर्नु पर्ला । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास–प्रश्वास तथा छात्ती सम्बन्धि समस्या पैदाहुन सक्छ । दिनको १ वजे पछि बिपरीत फल आउनेछ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दिनको १ वजे पछि बिपरीत फल आउनेछ नजीकको यात्रा लाभदायी रहनेछ । भोज, तथा माङ्गलिक कार्यमा सरिक भईएला । पशुचौपाया तथा कृषिगर्नेहरूको राम्रो दिन रहेको छ । धनको दिशामा गरिएको प्रयास सफल होला , वाणिज्य तथा व्यावसायमा लाग्नेहरूका लागि लाभ होला ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विरोधीहरुको मनजित्न सकिएला । घरयासी समस्याहरू सुल्झेर जानेछन् । खर्चमा भने नियन्त्रण गर्नु पर्ने हुन्छ । कार्यमा जोस जाँगर बढेर जाला । आउनुपर्ने धन हातमा आउने सभावना छ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिनको १ बजे सम्म मनमा अशान्तिले वास गर्ला, वहान चलाउँदा साबधानीले चलाउनु वेश हुनेछ, विद्यामा रुचि नजाला । यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला ।

≪ Previous Post

पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी तथा संघ–संस्थाले बुझाए पर्यटन मन्त्री गिरीलाई ज्ञापनपत्र

Next Post ≫

तिलोत्तमा : चालु वर्षमा भन्दा ३५ करोड बढाएर १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क