Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0
नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग
90
SHARES
ShareTweet

बुटवल, ५ असार । नेपाल शिक्षक महासंघ,कञ्चन रुपन्देहीले सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षक कर्मचारीहरुको हकहित र बिद्यालयलाई प्रबिधीसंग जोड्नको लागि हरेक बिद्यालहरुमा इन्टरनेटको सुबिधा उपलब्ध गराउन माग गर्दै कञ्चन गाउँपालिका समक्ष स्मरण पत्र बुझाएको छ ।
गाउँपालिकाका अध्यक्षलाई बुझाएको स्मरण पत्रमा बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण देशभरीका बिद्यालयहरुको पठन पाठनमा प्रत्यक्ष प्रभाव पारिरहेको र बिद्यालयको आन्तरिक श्रोतबाट तलव भत्ता उपलब्ध गराउदै आएका शिक्षक कर्मचारीहरुलाई नियमित तलव भत्ता खुवाउने आन्तरिक श्रोत बन्द भएकोले निजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाले तलव भत्ताको ब्यबस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै बिद्यालयलाई प्रबिधिमैत्री बनाई अध्यापन गरी शिक्षक र बिद्यार्थीहरुको सिप क्षमता र ज्ञानको बिकास गर्नको लागि कञ्चनका सबै सामुदायिक बिद्यालयहरुमा इन्टरनेट जडान गरिदिन स्मरण पत्रमा उल्लेख गरिएको छ ।
बालबिकासका सहयोगी शिक्षकहरुको तलब भत्ता समयसापेक्ष नभएको र राज्यले नै मजदुर तथा श्रमिकहरुको न्युनतम ज्याला निर्धारण गरिसकेको अवस्थामा बालबिकास सहयोगी शिक्षकहरु बर्षौ देखि मासिक ६ हजार रुपैयाँमा काम गर्नु दुःखद भएकोले समयानुसार गाउँपालिकाले आगामी बर्षको बजेटमा सेवा सुबिधा ब्यबस्थापन गर्न माग गरिएकोे छ ।
नेपाल शिक्षक महासंघ, कञ्चनका अध्यक्ष तथा हरैया माध्यमिक बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई स्मरण पत्र हस्तान्तरण गर्दै अनुदान कोटामा कार्यरत शिक्षक कर्मचारीहरुको भबिष्यको सुनिश्चित्ताको आधार के हुने र यदि संघिय सरकारले अनुदान कोटा खारेज गरेको अवस्थामा गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि गाउँपालिकाको बजेटमा ब्यबस्थापन गरिदिन आग्रह गर्नु भएको छ ।
स्मरण पत्र ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष क्षेत्रीले स्थानीय तह संचालन कार्यबिधिको क्षेत्राधिकार भित्र रही महासंघले उठाएको बिषयलाई यथासम्भव गाउँपालिकाको नीति तथा कार्यक्रममा समाबेश गरिने बताउनु भयो ।
आगामी आ.ब.मा शिक्षा क्षेत्रमा महत्वपुर्ण बजेट ब्यबस्थापन गरिने र आगामी आ.ब.मा कोभिड–१९ लक्षित बजेट बनाइने जानकारी दिदैं कञ्चनको शिक्षाको गुणस्तरियतामा ध्यान दिन अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ ।
सरकारले लगानी गरे अनुसारको प्रतिफल दिने बिद्यालय र शिक्षकहरुको सन्दर्भमा स्थानिय सरकारले मात्र नभई प्रदेश र संघले समेत बिशेष ध्यान दिने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थी, शिक्षा अधिकृत रमेश भुसाल, महासंघका सहअध्यक्ष इन्द्र बहादुर भलामी, सचिव जिवराज पौडेल, महिला सहसचिव माया ज्ञवाली लगायतको सहभागित रहेको थियो ।


≪ Previous Post

आज मिति २०७७ आषाढ ५ गते शुक्रवार तदनुसार 19 june 2020

Next Post ≫

प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन यत्ता २८४ जनाले गरे आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क