Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन यत्ता २८४ जनाले गरे आत्महत्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन यत्ता २८४ जनाले गरे आत्महत्या

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0
प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन  यत्ता  २८४ जनाले गरे आत्महत्या
140
SHARES
ShareTweet

विष सेवनवाट ५४, झुण्डिएर २२७ पानीमा हामफाली ३जना


बुटवल ५ असार
कोभिड १९का कारण भएको लकडाउनको करिव ३ महिनामा प्रदेश ५ मा २८४ जनाले आत्महत्या गरेको कहाली लाग्दो तथ्याङक सार्वजनिक भएको छ । प्रदेशमा हरेक दिन आत्म हत्या हुने गरेको छ ।
गत चैत ११ गते देखि असार ४ गते विहिवारसम्मको ५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरले दिएको तथ्याङक अनुसार उक्त अवधीमा विष सेवनवाट ५४, झुण्डिएर २२७ र पानीमा हामफाली ३जनाले आत्महत्या गरेको घटना दर्ता भएका छन ।
५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारका अनुसार प्रदेशको दाङ जिल्लामा सवैभन्दा बढी १०३ जनाले आत्म हत्या गरेका छन भने सवै भन्दा कम पुर्वि रुकुममा ४ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।
उक्त अवधीमा १५४ जना पुरुष र १३० जना महिलाले आत्म हत्या गरेका छन । उम्मेरको हिसावले सवै भन्दा बढी २५ देखि ४५ वर्ष उम्मेर समुहकाले आत्म हत्या गरेको प्रहरीको रेकडले देखाएको छ । प्रदेशको जिल्लागत रुपमा रुपन्देही जिल्लामा विष सेवनवाट १२ झुडिएर ४२ जनाले आत्म हत्या गरेकोमा ३० जना पुरुष र २४ जना महिला रहेका छन । त्यस्तै पश्चिम नवलपरासीमा विष सेवनवाट ६ र झुडिएर १२ र पानीमा डुवेर १ जना रहेकोमा पुरुष १० र महिलाको संख्या ९ रहेको छ । पाल्पा जिल्लामा झुडिएर १६ जनाले आत्महत्या गरेकोमा ११ जना पुरुष र ५ जना महिला रहेका छन ।
त्यस्तै कपिलवस्तु जिल्लामा विष सेवन गरि ६ झुडिए २४ जना रहेकोमा २० जना पूरुष र १० जना महिला रहेको प्रहरीको रेकडले देखाएको छ ।
गुल्मी जिल्लमा विष सेवनवाट ३ झुडिएर १६ डुवेर १ जनाले आत्म हत्या गरेकोमा ११ जना पुरुष र ९ जना महिला रहेका छन ।
अर्धाखाँची जिल्लामा विष सेवनवाट १ जना र झुडिएर ५ जना रहेकोमा पुरुष र महिला समान तीन तीन जना रहेका छन । दाङ जिल्लामा विष सेवनवाट १६ र झुडिएर ५६ जनाले आत्महत्या गरेकोमा पूरुष ३० र महिला ४२ जना रहेका छन ।
प्युठान जिल्लामा ६ पुरुष र ३ महिला गरि ९ जनाले आत्म हत्या गरेका छन । रुकुम पुर्वो जिल्लामा ४ जना महिलाले झुडिएर आत्म हत्या गरेका छन ।
रोल्पा जिल्लामा विष सेवनवाट ६ र झुडिएर ६ जनाले आत्म हत्या गरेकोमा ५ जना पुरुष र ७ जना महिला रहेको प्रहरीको रेकडवाट देखिएको छ । बाँके जिल्लामा ३ पुरुष र ७ महिलागरि १० जनाले आत्म हत्या गरेका छन । वर्दिया जिल्लामा १९ पुरुष र १० महिला गरि २९ जनाले आत्म हत्या गरेको ५ नम्बर प्रहरी कार्यालयले जनाएको छ ।
आत्महत्याको तथ्याङकलाई हेर्दा बढी पुरुष र त्यस्मा पनि २५ वर्ष देखि ४५ वर्ष बीचको उम्मेरका भएकाले आर्थिक समस्या, गरिवी घरयासी तनाव लगायतका कुरा हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहको छ ।
प्रदेश ५मा लकडाउन शुरु भएपछि आत्महत्या घटनाका २ सय ८२ वटा मुद्दादर्ता भएको पाँच नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता बैदवारले बताउनु भयो । प्रदेशमा आत्महत्या किन बढयो भन्नेवारे अनुसंन्धान गर्न जरुरी देखिएको छ ।

≪ Previous Post

नीजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउँपालिकाबाट पारिश्रमिकको ब्यबस्था गर्न माग

Next Post ≫

कमाइ गर्न विदेश गएका २० नेपालीको शुक्रवार सव ल्याईयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क