बुटवल ५ असार
शुक्रबार बिहान कतार एअरवेजको चार्टर्ड विमानवाट २० जना नेपालीको शव नेपाल ल्याईएको छ ।
देशभित्र भयावह बेरोजगारीका कारण जहान परिवार पाल्नका लागि विदेशिन बाध्य भएका २० जना नेपालीको शव एकैदिन ल्याईएको हो ।
परिवार छोडेर विदेशिएका मृतकको शव बुझ्न केटाकेटी र वृद्ध आमाबुबा नै विमानस्थलसम्म आउने गरेको हृदयविदारक दृश्य नेपाली जीवनका लागि अब नौलो रहेन । शुक्रबारमात्र छोराको शव बुझ्न आएकी अशक्त बुढी आमाको उपस्थितीले वातावरण नै पीडामय बनाएको छ । राम्रोसंग जिवन विताउने सोच ती परिवारमा चकनाचुर भएको छ ।
