Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसंग १० बुंदे माग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसंग १० बुंदे माग

संसारपोस्ट संवाददाता · २ असार २०७७ · 0
प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसंग १० बुंदे माग
90
SHARES
ShareTweet

बुटवल, २ असार । नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टाइनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुंदे माग सहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । नेपाली काँग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बिरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५ का मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई १० बुंदे ध्यानाकर्षण पत्र बुझाउंदै यस्तो माग गर्नुभएको हो । प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपाली काँग्रेसले आरडीटीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ ।
नेपाली काँग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । यस्तै कोभिड–१९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गर्न, पीसीआर परिक्षणको दायरा विस्तार गर्न र आवश्यक जनशक्ति अविलम्व व्यवस्था गर्न पनि काँग्रेसले माग गरेको छ । कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताललाई आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका विरामीले पनि विना अवरोध उपचार पाउने सुनिश्चिता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । लकडाउनको अवधिमा प्रदेश ५ मा मात्रै सयौंजनाले आत्महत्या गरेका भन्दै काँग्रेसले नागरिकमा राज्यप्रति चरम निराशा बढेकाले यस्ता समस्याको समाधानमा पनि ध्यान दिन माग गरेको छ ।
तीन महिना लामो लकडाउनका कारण काम गर्न नपाएका, रोजगारी गुमाएका श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गर्न, राहतका खाद्य सामग्रीको गुणस्तर कायम गर्न र राहतको वितरण भनसुन र राजनीतिक आवद्धताका आधारमा नगर्न काँग्रेसले माग गरेको छ ।
विदेशमा विचल्लीमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न, विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन पनि नेपाली काँग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्ने औंल्याउंदै नेपाली काँग्रेसले किसानलाई समयमै बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन सरकारसंग माग गरेको छ ।
कोरोनाको विश्वव्यापी असरले देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको अवस्थामा देशभित्र व्यापकमात्रामा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको औंल्याउंदै काँग्रेसले सांसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम खारेज गरेर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा वजेट पठाउन माग गरेको छ ।
प्रदेश ५ मा पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएको तर लकडाउनले गर्दा होटेल, रेष्टुराँ, उद्योग, व्यापार, यातायात लगायतका व्यवसायहरु ठप्प भएकाले उद्यमी र श्रमिकहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको भन्दै सबैखाले उद्योग, व्यवसायको संरक्षण र श्रमिक मजदूरलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गर्न काँग्रेसले माग गरेको छ ।
प्रदेश सरकार गठन भएको साढे २ बर्ष बितिसक्दा सम्म पनि प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोक्ने कार्यको प्रक्रिया अघि नबढाएको भन्दै काँग्रेस संसदीय दलले तत्काल प्रकृया अघि बढाउन माग गरेको छ ।
कोभिड–१९ विरुद्धको लडाईमा नेपाली काँग्रेस सरकारको साथमा रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले पनि मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउनु भएको कार्यवाहक नेता कनौडियाले जानकारी दिनुभयो ।

≪ Previous Post

सरकार भ्रष्टाचार गर्न छोड, कोरोनाबाट जनतालाई जोगाउन तिर लाग : काँग्रेस रुपन्देही

Next Post ≫

आज मिति २०७७ आषाढ ३ गते बुधवार तदनुसार १७ जून २०२०

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क