Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकार भ्रष्टाचार गर्न छोड, कोरोनाबाट जनतालाई जोगाउन तिर लाग : काँग्रेस रुपन्देही
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकार भ्रष्टाचार गर्न छोड, कोरोनाबाट जनतालाई जोगाउन तिर लाग : काँग्रेस रुपन्देही

संसारपोस्ट संवाददाता · २ असार २०७७ · 0
सरकार भ्रष्टाचार गर्न छोड, कोरोनाबाट जनतालाई जोगाउन तिर लाग : काँग्रेस रुपन्देही
120
SHARES
ShareTweet

बुटवल, २ असार । कोरोनाको नाममा भ्रष्टाचार गर्न छोडेर कोरोना महामारीबाट जनतालाइ जोगाउने तर्फ लाग्न नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराएको छ ।
मापदण्ड अनुरुप क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर जाँचको दायरा बढाउनु पर्ने, कोरोनाको नाममा भइरहेका भ्रष्टाचार बन्द गरी दोषीलाइ कारबाही गर्नुपर्ने लगायतका माग राख्दै नेपाली काँग्रेस रुपन्देहीले आज (मंगलबार) भैरहवामा बिरोध प्रदर्शन गरेको हो । बिपतका बेला जनतालाइ महामारीबाट जोगाउनुको साटो सरकार आफै भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत काँग्रेस रुपन्देहीले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत ज्ञापनपत्र बुझाउदै कोरोना नियन्त्रणगरी जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्ण असफल भएको बताउनु भयो । ‘सरकार जनताको अभिभावक हो उसले जनतालाइ कोरोनाबाट जोगाउनुपर्नेमा आफै भ्रष्टाचारमा लिप्त छ । भ्रष्टाचारीलाइ संरक्षण गर्ने खेलमा लागेको छ’ सभापती रज्जाकले भन्नुभयो ।


राष्ट्रिय विपद्को अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा पटकपटक भइरहेको अनियमितताले आम नागरिकलाई स्तब्ध बनाएको र कमिसनकै कारण स्वास्थ्य सामाग्री आपूर्तिमा समस्या थपिएको सभापति रज्जाकले बताउनुभयो । सबै राजनीतिक दलको निरन्तर साथ र सहयोग पाएपनि कोरोना विरुद्धको अभियानमा सरकारले सक्षम ढंगले नेतृत्व गर्न नसकेको काँग्रेसको आरोप छ ।
कोरोनाले आम नागरिकको जिवनमा परेको आर्थिक संकटलाई कम गर्नेतर्फ सरकार गम्भिर नभएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
नेपाली काँग्रेसले कोरोना नियन्त्रण अभियानका नाममा सरकारले खर्च गरेको भनेको दश अर्बको हिसाव पनि मागेको छ । स्वास्थ्य सामाग्रीको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनहरु मापदण्ड अनुरुप संचालन गर्न, क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैलाई पीसीअर परिक्षण गरेर मात्रै घर पठाउनु पर्ने, दश अर्बको खर्च विवरण र अनियमितता बारे छानबिन गरी दोषीलाइ कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको सचिव खाँणले जानकारी गराउनु भयो । नेपाली काँग्रेसले कोरोनाको जोखिमलाइ मध्येनजर गर्दै स्वास्थ्य सर्तकताका साथ कार्यक्रम सम्पन्न गरेको थियो । बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता, अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउनुपर्ने, साना, ठूला उद्योग, व्यापार, व्यवसायको संरक्षण र श्रमिक मजदुर तथा उद्यमीहरुको समस्या र हितलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने काँग्रेसको माग छ ।
भैरहवास्थित काँग्रेसको जिल्ला पार्टी कार्यालयबाट सुरु भएको व्यानर र प्लेकार्ड सहितको ¥याली बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाइएको हो । ¥यालीमा सहभागि नेता कार्यकर्ताहरुले बाँच्नेहरुमा हाहाकार, मृत्युपछि पीसीआर, आरडिटी खारेज गर, पीसीआरको दायरा बढाउ लगायतका नारा तथा प्लेकार्ड लिएर प्रशासन पुगेका थिए ।

≪ Previous Post

यातायात मजदुर तथा कर्मचारीलाई अनिवार्य २ लाखको कोरोना विमा गर्न माग

Next Post ≫

प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसंग १० बुंदे माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क