भैरहवा, १७ जेठ । रोहिणी गाउँपालिका अन्तर्गत धकधईका युवाहरुले जातीय बिभेद बिरुद्ध ऐक्यवद्धता जनाएका छन् । उनीहरुले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जातीय बिभेद गर्नेलाई कार्यवाहीको माग गरेका छन् ।
पछिल्लो समय मुलुकमा बढ्दै गई रहेको जातीय बिभेद बिरुद्धमा आवाज उठ्दै गईरहेका छन् । पछिल्लो समय देशमा जातीय बिभेदको क्रुर रुपहरु अगाडी आउदा दलित समुदाय मात्र नभई सम्पूर्ण देश नै आक्रोशित बनेको छ । बिभिन्न गैरदलित संघ संस्थाहरु पनि जातीय बिभेद बिरुद्ध आन्दोलित भएका छन् । यसैक्रममा धकधईका युवाहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
स्थानीय समाजसेवी भोला क्षेत्रीको अगुवाईमा धकधईका युवाहरुले बिभिन्न प्लेकार्ड सहित जातीय बिभेद गर्नेलाई कार्यवाहीको माग गरेका छन् । रोहिणी गाउँपालिकाको धकधई चोकमा आयोजना भएको ¥याली तथा कोण सभामा बोल्दै क्षेत्रीले अहिलेको अवस्थामा पनि जातको आधारमा भेदभाव गर्नु निन्दनीय रहेको बताउनुभयो ।
दलितको हत्या बन्द गर, जातीय बिभेद अन्त्य गरौं, देवदह घटनाका दोषीलाई कार्यवाही गर, रुकुममा भएको हत्याको अपराधीलाई कार्यवाही गर, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।
