Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं स्थापना दिवस
80
SHARES
ShareTweet

स्थापना दिवसमा भर्चुअल अन्तरक्रिया र शुभकामना आदान प्रदान गरिदै

बुटवल, १७ जेठ । गुल्मेली सम्पर्क समाज रूपन्देही स्थापनाको १६ बर्ष पुरागरी १७ औं बर्षमा प्रवेश गरेको छ । स्थायी वा पैत्रिक थलो गुल्मी जिल्ला भै बसाईसराई वा काम विशेषले रुपन्देही जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरु विच भाईचाराको सम्वन्ध स्थापना गर्ने तथा जिल्लाको रिति थिति बुझाउंदै जिल्लाको समग्र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले २०६० साल जेठ १७ गते आजकै दिन गुल्मेली सम्पर्क समाजको स्थापना गरिएको हो ।
विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित यस समाजले सामाजिक क्षेत्रमा गरेको योगदान र भूमिकाका कारण हरेक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल भएको छ ।
समाज स्थापनाको १६ बर्षे यात्रामा एउटा भिन्न र उदाहरणीय संस्थाको पहिचान बनाउन सफल गुल्मेली सम्पर्क समाजले आज आफ्नो १७ औं स्थापना दिवस मनाउदै छ । स्थापना दिवसको अवसरमा विगतका बर्षहरुमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरिएपनि अहिले कोरोना भाइरसको महामारीका कारण ईण्टरनेटको माध्यमवाट भर्चुअल अन्तरक्रिया गरी शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखिएको समाजका कार्यवाहक अध्यक्ष डा. नारायण पन्थले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम र संक्रमणवाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने समाजले आज दिउँसो ३ बजे देखि भर्चुल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको डा. पन्थले वताउनु भयो ।
बन्धुत्वको भावनालाई शिरोधार्य गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल गुल्मेली सम्पर्क समाजले सामाजिक, मानविय र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको छ । स्थापना कालमा सानो समूहको जमघटवाट समाजको जन्म भएपनि अहिले समाजले सिंगो रुपन्देही जिल्लामा बसोवास गर्ने गुल्मेलीलाई समाजमा आवद्ध गर्न सफल भएको छ । सम्पुर्ण गुल्मेलीहरुको साथ सहयोगका कारण समाजका गतिविधि संचालन गर्न साविक शँकरनगर गाविसका सचिव लक्ष्मण अर्याल, समाजका अध्यक्ष ईन्जिनियर हिराबहादुर भलामी तथा तत्कालिन सर्वदलीय संयन्त्रको पहलमा समाजले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४मा १५ कठ्ठा बढि सार्वजनिक जग्गा प्राप्त गर्न सफल भएको छ । हाल सो जग्गालाई तारवार गरी संरक्षण गरिनुका साथै पवित्र धार्मिक क्षेत्रका रुपमा विकास गर्ने लक्ष अनुरुप विभिन्न दाताहरुको सहयोगमा विभिन्न मठ मन्दिर र जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण गरिएको छ । सो क्षेत्रलाई श्रृङ्गेश्वर धाम नामाकरण गरी धामको नेतृत्व समाजसेवी ऋषि भण्डारीले गर्नुभएको छ भने धाम परिषर भित्र निर्माण गरिएको जेष्ठ नागरिक मिलन केन्द्रको नेतृत्व समाजसेवी खेमराज पुनले गर्नुभएको छ । यस्तै सम्पुर्ण गुल्मेलीहरुलाई आर्थिक क्रियाकलाप संग जोड्ने उद्देश्यले समाजकै पहलमा रेसुङ्गा वचत तथा ऋण सहकारी संस्था दार्ता गरी एक हजार भन्दा बढी गुल्मेलीहरुलाई संस्थामा आवद्ध गराईएको सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलले बताउनु भयो । यस्तै रुपन्देहीका विभिन्न भागमा बसोवास गर्ने गुल्मेलीहरुलाई समाजसंग एकाकार गर्न बुटवल, भैरहवा, शँकरनगर, सौ फर्साटिकर, सैनामैना र मणिग्राममा समाजको शाखा विस्तार गरी क्रियाशिल बनाउने काम भएको छ ।
यस समाजलाई सामाजिक क्षेत्रमा स्थापित गर्न सहयोग गर्ने समाजका संस्थापक, सल्लाहकार, आजीवन सदस्यहरू, पूर्व तथा वर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, पत्रकार, अग्रज तथा सम्पूर्ण दानविर सहयोगी दाता र निकाय प्रति गुल्मेली सम्पर्क समाजले १७ औं स्थापना दिवसको अवसरमा कृतज्ञता प्रकट गरेको छ ।

≪ Previous Post

निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

Next Post ≫

जातीय बिभेद बिरुद्ध धकधईका युवाहरुद्वारा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क