Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान
80
SHARES
ShareTweet


बुटवल १७ जेठ
रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,लिमिटेड हरैया शाखाले महिला समूह सदस्यहरुका जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको हरैया शाखाका महिला समूहका सदस्यहरुका छोराछोरीहरुलाई संस्थाका संस्थापक डा हरिहर देव पन्त स्मृति छात्रबृत्ति प्रदान गरेको हो ।
बिपन्न घरपरिवारका महिलाहरुलाई बिभिन्न समूह गठन गरी सामुहिक कार्यमा प्रतिबद्ध बनाई आर्थिक उपार्जनको कार्यमा संलग्न हुनमा प्रेरित गर्दै आइरहेको निर्धन लघुबित्त बित्तिय संस्था,लिमिटेडको हरैया शाखाले एक कार्यक्रम गरी कञ्चन गाउपालिका वार्ड नं. ३ स्थित झारगैरा महिला समूहका सदस्य देबी ढकालको छोरा बिशाल ढकाल र गैडहवा गाउपालिका वार्ड नं. ६ स्थित सूर्यपुरा महिला समूहका सदस्य लक्ष्मी देबी नेपाल घिमिरेको छोरी रेनु घिमिरेलाई उत्कृष्ट बिधार्थी डा. हरिहर देव पन्त स्मृति छात्रबृत्ति प्रदान गरेको हो । ढकाल र घिमिरेले छात्रबृत्ति स्वरुप जनही ६६ हजार नगद र प्रशंसा पत्र प्राप्त गरेका छन ।
छात्रबृत्ति प्रदान गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिद्यार्थीहरुले आफनो लगनशिलतालाई निरन्तरता दिन सके कुनै दिन सम्मानित हुन सकिने भन्दै ऋणमात्र लगानी गरी ब्याज कमाउने संस्थाले सामाजिक सेवामा लगानी गर्नु संस्थाको उद्धेश्य फराकिलो रहेको भन्ने प्रमाािणत गरेको उल्लेख गर्नु भएको थियो ।
माध्यमिक तह कक्षा ११ र १२ कक्षामा अध्ययनरत उत्कृष्ट बिद्यार्थीहरुलाई हरेक बर्ष प्रदान गरिदै आएको डा. हरिहरदेव पन्त स्मृति छात्रबृत्तिले बिद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने इच्छालाई थोरै भएपनि सहयोग पुर्याउने सोंचका साथ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सेवामा पनि लगानी गर्दै आएको संस्थाका शाखा प्रमुख तुलसा पाण्डेले बताउनु भएको छ ।
यसैगरी संस्थाले कञ्चन ४ स्थित छपाली टोल महिला समूहका सदस्य भद्री कुमारी थापाकी २५ बर्षिय छोरी हिमा थापालाई दिर्घरोग उपचार खर्च स्वरुप नगद ६ हजार रुपैया समेत सहयोग गरेको छ ।

≪ Previous Post

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, एकै दिन १७० थपिदा संक्रमित संख्या १२१२

Next Post ≫

गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क