Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, एकै दिन १७० थपिदा संक्रमित संख्या १२१२
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, एकै दिन १७० थपिदा संक्रमित संख्या १२१२

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०७७ · 0
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, एकै दिन १७० थपिदा संक्रमित संख्या १२१२
140
SHARES
ShareTweet


काठमाडौं १६ जेठ
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गर्नु भएको हो ।
उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो । यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् ।
टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् ।
यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । र १८ देखि ४१ वर्ष उमेरका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् ।
पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् ।
रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

≪ Previous Post

कोरोनाले लक्ष्य अनुसार प्रदेशको खर्च गर्न सकिएन: मुख्यमन्त्री पोखरेल

Next Post ≫

निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क