नीति तथा कार्यक्रम प्रदेश सभावाट बहुमतले पारित
बुटवल १६ जेठ
मुख्य मन्त्री शंकर पोखरेलले चालु आवमा कुल वजेटको ९० प्रतिशत वजेट खर्च गर्ने योजना रहेकोमा तेस्रो चौमासिकमा आउदाँ कोरोनाले समस्या पारेको बताउनु भयो ।
काम गर्ने समयमा कोरोना आएकाले वजेट खर्च गर्न नसकेको उहाँले बताउनु भयो ।
तेस्रो चौमासिक काम गर्ने मौसम र अवधी हो त्यही समयमा कोरोना महामारी आयो उहाँले प्रदेश सरकारका कारण समस्या आएको भन्दा पनि विश्वमा आएको कोरोना महामारीेले खर्च गर्न नसकिएको स्पष्ट पार्नु भयो ।
नीति तथा कार्यक्रम माथी प्रदेश सदस्यहरुले उठाउनु भएको जिज्ञासामा मुख्य मन्त्री पोखरेलले भारतवाट पछिल्लो समयमा आएका नेपालीले गर्दा समस्या बढेको खुलासा गर्नु भयो ।
सीमामा आएका नेपाली नागरिलाई समयमै व्यवस्था गर्न नसक्दा प्रदेशमा कोरोना फैलिएको हो । महामारी हुनवाट रोक्न प्रदेश सरकार सफल भएको दावि पनि उहाँले गर्नु भयो । नरेनापुरमा कमजोरी भएको स्किारगदै मुख्यमन्त्री पोखरेलले भारतिय सुरक्षा कर्मीले नेपालको कमजोर वाटो प्रयोग गरि नेपालीलाई नेपाल पठाएकाले संक्रमण बढेको समेत बताउनु भयो ।
पहिलो पटक नरेनापुरमा सेना प्रयोग गर्नु परेको परिस्थिती जन्य अवस्था हो भन्ने बुझन जरुरी रहको बताउनु भयो ।
कोभिडले प्रदेश सरकारको भुमिका स्थापित गरेको उहाँका कथन रहेको छ । मुख्य मन्त्री पोखरेलले ७६ प्रतिशत संकमित कपिलवस्तु र वाँकेमा रहेको बताउदै कठिन अवस्थावाट नेपाल आउदाँ त्यस्तो भएको बताउनु भयो । उहाँले तराईकका जिल्लामा क्वारेन्टाई भरिएकाले पहाडका जिल्लामा पनि संक्रमणको दर बढने बताउनु भयो ।
आउदो साउनसम्ममा कोरोना बढनेक्रम रोकिने पनि उहाँले बताउनु भयो यो अनुमान हो । आईसोलशन सेन्टर र कोरोना विशेष अस्पताल तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० शैया अस्पताल बनाउने काम शुरु गरिएको बताउनु भयो । लक्षण देखिएका विरामी प्रदेशमा १ जनामा मात्र देखिएको छ ।कोरोना पोजिटिभ देखिए पनि विरामीको अवस्था हेदाँ लक्षण नदेखिदाँ समस्या भोग्नु परेका बताउनु भयोे । प्रदेशमा हरेक दिन ३ सय जनाको स्वाब परिक्षण गर्ने प्रयोग शाला रहेको छ । उहाँले मुलुक भरी १ लाख १७ हजार ४४ जना अटाउने क्षमताो वारेन्टाईन रहेकोमा प्रदेश ५ मा मात्र ४० हजार ५ सय ८३ जना राख्न मिल्ने क्षमताको क्वारेन्टाई रहेको उहाँले खुलासा गर्नु भयो ।
प्रदेशको विकासको वजेट रोेकेर भएपनि कोरोना नियन्त्रणमा लगाईने उहाँले बताउनु भयो ।
मु्ख्य मन्त्री पोखरेलले केन्द्रीय सरकारले ल्याएको वजेट र प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेल खाएको बताउदै उहाँले मुलुकको समस्या प्रदेशले पहिचान गरेको दावि गर्नु भयो । मुख्य मन्त्री पोखरेलले प्रदेश सदस्यहरुले उठाउनु भएका सुझावलाई समेटी वजेट तर्जुमा गवरने बताउनु भयो ।
प्रदेश सरकारद्धारा प्रस्तुत २०७७ । ८८ को नीति तथा कार्यक्रम प्रदेश सभावाट शुक्रवार नै बहुमतले पारीत भएको सभामुख पुर्ण बहादुर घर्तीले बताउनु भयो ।