सत्ता पक्षद्धारा नीति कार्यक्रमको प्रसंशा सत्ता वाहिरकाद्धारा अपुर्णको संज्ञा
बुटवल १६ जेठ
प्रदेश पाँचको प्रदेश सभाको शुक्रवारको बैठकमा नीति तथा कार्यक्रम माथी वोल्ने प्रदेश सदस्यहरुले महामारीको रुपमा रहेको कोरोना नियन्त्रण र कृषि उत्पादनमा जोड दिन माग गर्नु भयो ।
नीति तथा कार्यक्रममा ल्याईएका राम्रा योजना र समेटन नसकेका विषयलाई पुनः समेटि कार्यान्वयमा जोड दिन प्रदेश सदस्यहरुले माग गर्नु भएको छ । प्रदेश सभामा वोल्ने सत्ता पक्षका सदस्यले प्रसंशा गर्नु भएको छ भने सत्ता वाहिरका सदस्यले आलोचना गर्नु भएको छ ।
सभा प्रदेश सदस्य वैजनाथ कलवारले सरकारको उदासिनताले कोरोना संक्रमित बढी रहेको प्रति सरकार गम्भिर हुन नसकेको गुनासो गर्नु भयो । कोरोना नियन्त्रणमा प्रदेश सदस्यको भुमिका देखिएन, कोरोनावाट मृत्यु भएकाहरुको दाहसंस्कार परिवारको चाहना अनुसार गर्नु पर्ने माग गर्नु भयो ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पतालको ओपीडी सेवा ततकाल संचालन गर्न माग गर्नु भयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम योजना सहित आउनु परयो । सदस्य कलवारले प्रदेश सरकारले खर्च गर्न नसेको वजेट कोरोना नियन्त्रणमा खर्च गर्न समेत माग गर्नु भयो ।
अर्का प्रदेश सदस्य कृष्ण ध्वज खडकाले नीति तथा कार्यक्रम स्पष्ट छ जनपक्षिय रहेककाले कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामा जोड दिन माग गर्नु भयो । कोरोनाले श्रृजिएकालाई सवै एक भएर जुटन र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने ककुरामा सदस्य खडकाले जोड दिनु भयो ।
प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले नीति र कार्यक्रमले कोभिड १९ मा ध्यान केन्द्रित भएको र कार्यान्वयमा गम्भिर हुन माग गर्नु भयो । कोभिड १९ को रोकथामका लागि गरिएका प्रयाशलाई सार्थक वनाउन सवै जुटन माग गर्नु भयो । भारत र विदेशवाट ठुलो जमात नेपाल आउदै छन ति युवालाई परिचालन गरि कृषिमा लगाउन गरेको कार्यलाई सवैले आत्मसाथ गर्न आग्रह गर्नु भयो ।
प्रदेश सदस्य अर्जुन कुमार केसी नीति तथा कार्यक्रम प्रदेशलाई समृद्धि वनाउने हिसावले आएकको छ । प्रदेशको नौमुरे आयोजनालाई गम्भिर रुपमा लिन माग गर्नु भयो ।
प्रदेश सदस्य कमला देवि बिकले रुकुम घटना मानवता विरोधी भएका घटनाका दोषिलाई कडा कारवाही गर्न माग गर्नु भयो । अन्तरजातिय प्रेम र विवाहका कारण हुने गरेका घटनाले राज्य व्यवस्थामा भएको परिवर्तन भए पनि व्यवहारमा परिवर्तन हुन नसेको धारण राख्नु भयो । आरनमा काम गर्ने दलितलाई सम्बोधन गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य भगवति देवि भण्डारी र कुल प्रसाद पोखरेलले नीति तथा कार्यक्रम प्रदेशका जनताको पक्षमा रहेकाले कार्यान्वयमा जोड दिन माग गर्नु भयो ।
प्रदेश सदस्य सहसराम यादव नौमुरे परियोजनालाई समेटन माग । कृषिलाई प्राथमिकता दिदा सिचाईलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाई रहेको छ । एक गाउँ पालिका एक क्याम्पस बनाउने गरि नीति तथा कार्यक्रममा समाबेस गर्न माग गर्नु भयो । पहुच नहुनेकाको काम हुदैन जसले गर्दा शुसासनमा पारदर्सिता ल्याउन जोड दिनु भयो ।
प्रदेश सदस्य तुल्सी प्रसाद चौधरीले कृषि , पर्यटन, सुकुम्मवासी , शिक्षा , पुर्वाधारमा जोड दिईएको नीति तथा कार्यक्रम कार्यान्वयमा गम्भिर हुन माग गर्नु भयो ।
प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले जनतासंग प्रदेश सरकार रहने कुरा प्रससंनिय रहेको छ भन्दै नुवाकोट गढीको संरक्षण र सम्वद्धनलाई नीति तथा कार्यक्रममा जोड दिनु भयो । उहाँले कोभिड १९ संग जोडेर एकृकित कृषि उद्यममा प्रदेश सभासद कार्यक्रम जोडन आग्रह गर्नु भयो ।
प्रदेश सदस्य रमा अर्यालले नीति तथा कार्र्याक्रम रामायण र ,महाभारत जस्तो छ । कोरोना प्रभावितलाई कृषिमा जोड दिन सिचाई र विउ मलका सवालमा गम्भिर देखिएको छैन । उहाँले वन कार्यालयमा सडेर गएको काठको व्यवस्थापन गर्न नसक्दा आम उपभोक्ताले महंगोमा काठ खरिद गर्न बाध्य रहेको तर्फ नीति तथा कार्यक्रम मौन छ । नदीजन्य पदार्थको व्यवस्थापन , पुर्वाधारमा सरकार स्पष्ट हुन नसकेको गुनासो गर्नु भयो
।
प्रदेश सदस्य रेवतीरमण शर्मा र सरस्वती गौतमले समय सामयिक विषयमा नीति तथा कार्यक्रम समेटिएको र कार्यान्वयनमा ख्याल गर्नु पर्नेमा जोड दिनु भयो ।
कोरोना महामारीलाई सामना गर्ने गरि ल्याईएको कार्यक्रमलाई जनताको पक्षमा लगाउन उहाँहरुले आग्रह गर्नु भयो ।
प्रदेश सदस्य दिपेश थारु कृषिका राम्रा कार्यक्रम रहेता पनि कृषि क्षेत्रमा आवश्यक पर्ने विउ मल सिचाईका सवालमा ध्यान दिन जरुरी रहेको माग गर्नु भयो । मल र विउको अभावमा किसान रोईरहेका छन मलम लगाउने काम प्रदेश सरकारले गर्न माग गर्नु भयो ।भारतवाट निर्वाद रुपमा आउने तरकारी र खाद्यान्य ततकाल बन्द गर्न र नेपाली उत्पादनलाई प्राथमिकता दिन समेत उहाँले माग गर्नु भयो ।
प्रदेश सदस्य विमला कुमारी खत्री कोरोना नियन्त्रणका लागि कोरोना विशेष अस्पताल निर्माण, कृषिमा दिईने अनुदानमा वास्तविक किसानले नपाएकाले अनुदानलाई सहि किसानले पाउने गरि व्यवस्थापन गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य भुवनेश्वर चौधरी कोरोना नियन्त्रणमा सरकार गम्भिर हुनु पर्ने र त्यसका लागि भारतवाट आउनेलाई व्यवस्थित रुपमा क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन माग गर्नु भयो । उहाँले किसानले उत्पादन गर्ने धान र गहुको समथन मुल्य सरकारले तोक्नु पर्ने र सो मुल्यमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन जोड दिनु भयो । २० वर्ष नपुग्दै मोवाईल प्रयोग गर्न दिन नहुने गरि कानुन बनाउन सकेमात्र महिला तथा वालवालिका हिम्सा नियन्त्रण हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश सदस्य तिलक राम शर्माले प्रदेश सरकारले जे भन्छ त्यो पुरा गर्छ भन्ने विश्वासको वातावरण वनाउन जरुरी छ । प्रदेशमा वनाईएका क्वारेन्टाईनलाई मानविय हिसावले व्यवस्थित गर्न उहाँले माग गर्नु भयो । सवै जिल्लामा ५० शैयाका अस्पताल वनाउने कामलाई प्रभावकारी वनाउनु माग गर्नु भयो ।
प्रदेश सदस्य विष्णु प्रसाद पन्थीले कोरोना भाईरसले नै विश्व अर्थतन्त्रमा सवै भन्दा ठुलो असर गरेको छ । साउनसम्म कोरोना भाईरस नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा भन्नु न्यायोचित नभएको बताउदै अव कोरोनासंग कसरी बचेर अगाडी बढन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । प्रदेश सरकारले पाउने अधिकारलाई पनि लिएर काम गर्न नसनु र संघकको नाममा सिडियोले पास वाडने काममा व्यस्त रहेको उहाँले गुनासो गर्नु भयो । विदेशवाट आयात गरिने कृषि उपजलाई रोक्न सके नेपाल आत्म निर्भर हुने छ यो कोरोनाले सन्देश दिएको बुझन जरुरी रहेको तर्फ उहाँले जोड दिनु भयो ।
प्रदेश सदस्य आशा स्वणकारले रुकुममा भएको घटना प्रति चिन्ता प्रकट गदै प्रेम गर्नु अपराध हो भने पुष्टि गर्न माग गदै कम्युनिष्टको किल्ला भएको जिल्लामा भएको घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्नु भयो । उहाँले दोषिलाई कारवाही नभए ६० लाख दलित सडक र सदनमा उत्तने चेतावनी दिनु भयो ।
प्रदेश सदस्य तेज बहादुर ओली किसानका लागि मल विउ संगै उनिहरुले उत्पादन गरेका वस्तुको वजारी करण र वजार पुराउन ढुवानीमा अनुदान दिने व्यवस्था गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य दीपेन्द्र कुमार पुनले कोरोना महामारीमा गरिएको लकडाउन मान्छेलाई भएन अर्थतन्त्रलाई भएकाले समस्या भएको धारणा राख्नु भयो । उत्पादन गरि खानपाउने संस्कृतिको विकास गर्न जरुरी रहेकको तर्फ सरकारको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।
प्रदेश सदस्य वसिउद्दिन खाँले कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा ठुलो समस्या भएको छ । कोरोना नियन्त्रणमा प्रदेश सरकारको भुमिका प्रभावकारी हुन नसकेको र विदेशमा रहेका नेपालीलाई स्वदेश र्पाउने काममा गम्भिर हुन माग गर्नु भयो । प्रदेश सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिन माग गर्नु भयो । प्रदेशको नाम र स्थायी राजधानी ततकाल गर्न उहाँले माग गर्नु भयो । पर्यटकीय हवका रुपमा रहेको भैरहवा लुम्बिनी सडक र त्यस सडका पुलहरुको निर्माणलाई प्राथमिकतामा राख्न माग ।
प्रदेश सदस्य दिनेश पन्थीले शहिद परिवार प्रति नीति तथा कार्यक्रम मौन हुनले समेटन माग गर्नु भयो । शिक्षा ,यातयात ,दुर्घटना, भौतिक पुर्वाधारमा, सुकुम्वासीको व्यवस्थापन , किसानले भोग्नु परेको वाँदर आतकलाई समेटन जरुरी रहेको औल्याउनु भयो ।
प्रदेश सदस्य दामा कुमारी शर्माले कोरोना विशेष अस्पताल र क्वारेन्टाईनलाई व्यवस्थित गर्न जरुरी रहेको औल्याउनु भयो । उत्पादन बढाउने तर्फ ध्यान दिन गम्भिर हुन आह्वान गर्नु भयो ।
प्रदेश सदस्य दधिराम न्यौपानेले यातायात क्षेत्रले भोगेका समस्यालाई नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य भुमिश्वर ढकाल नीति तथा कार्यक्रक सरकारको ऐना भएककाले त्यस्ले नै सरकारको वार्षिकवजेटको मार्ग दर्शन गर्ने धारणा राख्नु भयो । उहाँले सपना देख्नेले मात्र तस्बिर कोर्न सक्छ भन्ने मान्यतालाई नीति तथा कार्यक्रमले समेटेको धारणा राख्नु भयो ।