बुटवल, १५ जेठ । १३ औं गणतन्त्र दिवस आज (बिहिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । १० वर्षे स–शस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । सोही अनुरुप आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरु अनि प्रादेशिक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका कोरिइपनि सकिएको छ ।
जेष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरुप सरकारले आज सार्वजनिक विदा दिएर सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् ।
आजको दिन जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिए ति महान शहिदहरुको योगदानलाई विर्सिनु हुदैन । ति तमाम नेपाली अमर शहिदहरुप्रति वर्षमा एक दिन संझना गरेर वा फुलमाला चढाएर मात्र पुग्दैन । शहिदहरुको वलिदानी र लामो संघर्ष पश्चात प्राप्त गरेको गणतन्त्रको संस्थागत् अभ्यासले मात्र उनीहरुको सपना साकार हुने छ र उनीहरु प्रति सच्चा श्रद्धाञ्जली हुने छ ।
मुलुक अहिले कोरोना भाइरसको महामारी संग जुधिरहेको छ । विगतका वर्षमा जस्तो सार्वजनिक सभा समारोह गरेर गणतन्त्र दिवस मनाउने वातावरण नभएपनि आजको दिनलाई सबैले आत्मसाथ गर्दै एउटा गर्व अनि उत्साहको दिवसको रुपमा मनन गरौं । गणतन्त्रको जगमा उभिएर देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस्, गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।