काठमाण्ड १४ जेष्ठ
जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेष्ठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेष्ठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित गरेको थिएन ।
अतः जेष्ठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धि प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ ।
संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्न तर्फ लाग्नु भन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यस बारेमा आरोपित गर्न खोज्ने कार्यलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको नेपाली ाँग्रेस संसदिय दलका प्रमुख सचेतक वालकृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा उल्लेख छं ।
नेपाली कांग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारलाई अपील र आग्रह गरेको छ ।