Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालको अर्थतन्त्र जोगाउन कृषिको बिकास जरुरी: कृषिमन्त्री भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालको अर्थतन्त्र जोगाउन कृषिको बिकास जरुरी: कृषिमन्त्री भुसाल

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७७ · 0
नेपालको अर्थतन्त्र जोगाउन कृषिको बिकास जरुरी: कृषिमन्त्री भुसाल
80
SHARES
ShareTweet


बुटवल १४ जेठ
कृषिमन्त्री घनश्याम भुसालले अब कृषिको बिकासले नै नेपालको अर्थतन्त्र जोगाउन सक्ने बताउनु भएको छ ।
रुपन्देही उद्योग संघले आयोजना मंगलवार गरेको नेपालको अर्थतन्त्र र औद्योगिक क्षेत्रको भविश्य बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले लकडाउनलाई एउटा अवसरको रुपमा लिदै कृषिको बिकासमा सरकारले ध्यान दिने बताउनुभयो ।
पर्यटन, रेमिटेन्सले घुंडा टेकेको अवस्थामा अब कृषिले अहिलेको अबस्थामा नेपालको अर्थतन्त्र माथि उठाउने उहाँले बताउनुभयो ।
कृषिजन्य सामाग्री सस्तो र सुलभ गराउदै युवालाई प्रोत्साहन गर्ने गरि सरकारले योजना बनाएको पनि उहांले बताउनुभयो ।
उहांले परम्परागत कृषि प्रणालीको बिकासले कृषिजन्य उद्योग बिकास गर्न सकिने समेत बताउनुभयो ।
कृषिमा लगानी, सुलभ ऋण दिने भनेपनि व्यवहारमा लागू नभएको भन्दै अब यस्ता सुलभ योजनामा सरकारले प्राथमिकता दिने बताउनुभयो ।
प्रदेश योजना आयोग प्रदेश नं ५ का पुर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले लकडाउनका कारण आर्थिक रुपमा संघियतालाई असफल पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
श्रेष्ठले नेपालको अर्थतन्त्रको बलियो आधार औधोगिक क्षेत्रको बिकासबाट तयार हुने बताउदै उद्योगको बिकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले लकडाउनका कारण उद्योग क्षेत्र धरासायी हुने अवस्थामा पुगेकोले उद्योगीहरुका लागि राहत प्याकेजको व्यवस्था गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लुम्विनी स्टार्स संगको सहकार्यमा आयोजित उक्त कार्यक्रम उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

विहिवार भोली ४ बजे बजेट भाषण

Next Post ≫

संशोधन प्रस्ताव कार्यसूचीबाट हटाईएको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क