Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मृत्युको ३० घण्टापछि कोरोना संक्रमित शिक्षकको शव उठ्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मृत्युको ३० घण्टापछि कोरोना संक्रमित शिक्षकको शव उठ्यो

संसारपोस्ट संवाददाता · ९ जेष्ठ २०७७ · 0
मृत्युको ३० घण्टापछि कोरोना संक्रमित शिक्षकको शव उठ्यो
80
SHARES
ShareTweet

तिलोत्तमा, ९ जेठ । उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव उठाइएको छ । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा उठाइएको हो ।
अस्पाताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयसम्म चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शवको व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोलीले सुरक्षित तरिकाले शवको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार संक्रमित व्यक्तिको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित व्यक्तिको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । उहांले जिल्लामा यो नयाँ घटना भएको र परिवार, अस्पताल तथा शव व्यवस्थापनका लागि विभिन्न ठाउंमा समन्वय गर्नु परेकाले शव व्यवस्थापनमा ढिलाई भएको बताउनु भयो ।
शवको अन्तिम संस्कारमा मृतकका परिवार तथा आफन्त कसैलाई पनि सहभागि नगराइएको मृतकका भाईले जानकारी दिनुभयो । शव लगेको १ घण्टापछि मात्रै शव व्यवस्थापन गर्ने विषयमा सहमति जनाउन बाध्य भएको मृतकका भाईले वताउनु भयो । उपचारका लागि बैशाख ३१ गते राति ११ बजे रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
जन्डिसले ग्रसित भएपछि क्रिमसन अस्पतालको आईसियूमा उपचार गराइरहेका उनको जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको तीनदिन पछि उनको मृत्यु भएको थियो । उनको मृत्यु नहुदै विभिन्न सञ्चार माध्यम र समाजिक संजालमा उनको मृत्यु भएको खवर सार्वजनिक भएको थियो । उनको मृत्यु नहुंदै मृत्यु भयो भनेर विभिन्न सञ्चार माध्यममा मृत्युको पुष्टि गरेको भन्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री र तिलोत्तमा नगरपालिकाका प्रमुख तथा मृत्युको समाचार प्रकाशन गर्ने सञ्चार माध्यमको चर्को आलोचना भएको थियो ।

≪ Previous Post

पूर्वी नवलपरासीमा एक र पश्चिममा ३ जनामा कोरोना संक्रमण

Next Post ≫

आज मिति २०७७ जेष्ठ १० गते शनिवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क