Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वी नवलपरासीमा एक र पश्चिममा ३ जनामा कोरोना संक्रमण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी नवलपरासीमा एक र पश्चिममा ३ जनामा कोरोना संक्रमण

संसारपोस्ट संवाददाता · ९ जेष्ठ २०७७ · 0
पूर्वी नवलपरासीमा एक र पश्चिममा ३ जनामा कोरोना संक्रमण
90
SHARES
ShareTweet

कोरोना संक्रमितको सँख्या ४ सय ८७ पुग्यो

रामकुमार श्रेष्ठ

नवलपरासी, ९ जेठ । नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ६ का एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
शुक्रबार मध्यविन्दु जिल्ला अस्पतालमा ३१ जनाको स्वाव संकलन गरी भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो । यो सँगै नवलपुरमा कोरोना संक्रमितको सख्या ३ पुगेको छ ।
एक जना भरतपुरको कोरोना अस्पताल र अर्की एक महिला काठमाण्डौमा उपचाररत छन् । उनको थप विवरण आउन वाँकी रहेको छ ।
नवलपुर जिल्लाको विनयत्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार विहानै उनलाई थप उपचारको लागि भरतपुर कोरोना विशेष अस्पताल लगिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी गराउनु भयो ।
उनी यही जेठ १ गते भारतको गुजरातबाट नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेनटाइनमा २ दिन बसेर बोधीनगर क्वारेनटाइनबाट जेठ ३ गते एम्बुलेन्समा आएर विनयी त्रिवेणी ६ को क्वारेन्टाइनमा बसेका थिए । जेठ ६ गते बेलुका उनलाई ज्वरो आएपछि जेठ ७ गते क्वारेनटाइन स्थलबाट एम्बुलेन्समा ल्याएर चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार शुरु गरिएको थियो ।
उनको रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि आज विहान ४ बजेर ३० मिनेटमा भरतपुर कोरोना विशेष अस्पतालमा पठाइएको नवलपुर स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको जनाइएको छ । अहिले उक्त संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र स्वाव संकलन गरी परीक्षणको लागि पठाउने काम सुरु भएको छ ।

पश्चिम नवलपरासीमा ५ जना संक्रमित

पश्चिम नवलपरासीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै पश्चिम नवलपरासीमा संक्रमितको सँख्या पाँच पुगेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडानम्वर ३ घोडपालीकी ३३ वर्षीय महिला, रामग्राम १८ का १५ वर्षिय महिला र सुस्ता गाँउपालिका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा गरी शुक्रबार मात्रै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । हालसम्म पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा २, प्रतापपुरमा १ र रामग्राममा २ जनामा संक्रमण पुष्टि भएको हो ।
यता चितवनमा थप दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ केसरवाघ निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये एक जना ७४ वर्षीय पुरुष र अर्का ७३ वर्षीया महिला रहेका छन् । चितवनमा नयाँ संक्रमित संख्या थपिएसंगै कुल संक्रमितको संख्या ५ पुगेको छ । चितवनका संक्रमित मध्ये यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचाररत छन् ।
पूर्वी र पश्चिम नवलपरासी, चितवन संगै देशका विभिन्न जिल्लामा गरी आज (शुक्रवार) विहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको सँख्या ४ सय ८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ९, पूर्वी र पश्चिम नवलपरासीमा ३, चितवनमा २ र सर्लाहीमा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

≪ Previous Post

प्रदेश ५ सरकारद्धारा स्व. पोखरेलको बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय

Next Post ≫

मृत्युको ३० घण्टापछि कोरोना संक्रमित शिक्षकको शव उठ्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क