भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीमाथि ७ विकेटको जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा ७० रन बनाउँदै सहजै जित हात […]