Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा : दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकालाई पूर्ण खोप
180
SHARES
ShareTweet

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजि गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको सहभागीता रहेको थियो ।
बालबालिकाहरुमा विभिन्न सरुवा रोग बिरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणागरी सुरु गरिएको थियो ।

≪ Previous Post

बेपत्ता भएको दुध बोक्ने गाडीका चालक र सहचालकको शव रूपन्देहीको घाघरा खोलामा भेटियो

Next Post ≫

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क